Wednesday 7th December 2022

ईलिगल हुनेहरुका पीडाहरु


तोयानाथ उपेक्षित, तीतोपाटी / आज मैले भद्रकलाको फोन उठाउन सकिन । उनले काम नपरि कहिल्यै फोन गर्दिनन् । त्यसो त काम परे पछि मात्र फोन गर्ने अरु बेला रिप्लाई समेत नगर्नेको पनि कमी छैन । अप्ठयारो परेको बेला विन्ति गर्नेहरु, सहयोग माग्नेहरु मध्ये कतिपयको तितो अनुभव मैले सँगालेको पनि छु । सप्ठेरोमा उनीहरुले सम्झदैनन् शायद उनीहरुको भलो त्यसैमा भएर पनि होला । यो स्वार्थ स्वभाविक पनि हो । विना काम फोन गरेर कसैले डिस्टर्ब गरेको मलाई पनि मन पर्दैन ।

उनको साथीले स्थानिय नागरिकको घर छाडेर भागेको लामै समय भएछ । अब भगौडा हुदाको पिडा पनि चाखिसकिछन । उनलाई पछुतो छ तर उनी त्यस घरमा फर्कन सक्दिनन नत उनले नेपाल जाने अवस्था नै छ । चोरीको मुद्दा लगाएको छ रे । उनले कतैबाट सुनिछन अनि मलाई अब के हुन्छ होला भनेर उनको साथी मार्फत बुझ्न लगाएको रहेछ । दुतावाससँग पनि शायद यसको उत्तर नहोला मैले उनलाई सान्तवना दिने बाहेक अरु के भन्न सक्छु र ? भाग्नको कारण रहर होस वा व्याध्यता ? त्यो नितान्त व्याक्तिगत निर्णयका पछि मैले प्रश्न गरिन । त्यसो गरेर उनलाई झुठो बोल्न लगाउनु र त्यहि कुरालाई आधार मानेर मैले कुनै कथा बन्नु थिएन । म चुप लागे । यति चाही भने आतिन पर्दैन भन्दिनु घर जाने दिन ढिलो चाडो हो एक दिन अवश्य आउनेछ । चोरीको केश नै छ भने त मुद्धाको किनारा नलागेसम्म उम्कने ठाउँ हुँदैन । दैनिक मनमा त्रास लिएर बस्न पर्ने काम किन गर्नु पर्या होला ।

एक महिना पहिलेको कुरा हो । म नेपालबाट कुवेत फर्किसकेको थिईन । एउटा भाई कम्पनीबाट भागेछ । महिनाको १३० केडी सम्म उसको सेलरी आउँथ्यो । ३० खर्च गरे पनि १०० त बचाउन पर्ने हो तर एक सय केडी ६ महिनामा पनि बचाउन छाडेको धेरै भएको रहेछ । उ भईरहेको कमाई जोगाउन नसके पछि धेरै कमाएर जोगाउने भन्दै कम्पनी नै छाडेर भागेको अरे । म कुवेत आएको एक साता नवित्दै अपरिचित महिलाको फोन आयो । उनी रहिछन तिनै भगौडा भाईको धर्मपत्नी । भागेको तिन दिपछिसम्म त घरमा कुरा गर्दै थिए रे उनका पतिदेव तर त्यसपछि त बेपत्ता । उनले धेरै प्रकारले श्रीमान माथि आशंका गर्न थालेकी रहिछन । कतै कुनै केटी लिएर बस्न थालेर पो हो की मलाई कल नगरेको उनको मुख्य आशंका थियो । मैले उनलाई दुई कारण बताए । एउटा उनको शंका जस्तै परिस्थिती र अर्को पुलिसको फन्दामा परेको हुन सक्ने । नभन्दै एक महिना पछि उनको श्रीमान घरमा टुप्लुक्क रित्तो हात र मलिन अनुहार सहित पुगेछन् । कारण त्यही दोश्रो थियो । शुरुमा आउँदा साधु जस्तो त्यो भाई कुलतमा लागेर पछिल्ला दिनमा हिंस्रक बाघ जस्तै हुदै गएको थियो आखिर खोरमा परेरै छाडेछ ।

भरखरैको कुरा हो । एउटा त्यस्तै फोन आयो । त्यो भाई मैले काम गरेकै कम्पनीबाट भागेको दुई साल हुन लागेछ । आज भोली उसलाई काम लाउने साहुले तेरो म्यानेजरको नम्बर दे म तेरो पासर्पोट मागेर भिषा लगाई दिन्छु भन्दैछ दाई म के गरौ हजुरको नम्बर दिन्छु कुरा गरिदिनुन । लौ यो त झन फसादमा पार्ने कुरा । कुवेतमा कम्पनीबाट भागि सकेपछि भगौडा केश लागि सकेको हुन्छ । दोश्रो कुरा उसलाई लिगल गर्न सम्भव नै हुन्न । ठुलै सोर्स भएको साहु पर्यो भने पनि उसलाई लिगल बनाउन कमसेकम ६ सय केडी खर्च गर्नै पर्दछ त्यसमा पनि सवैतिरबाट च्यानल मिलेको खण्डमा । भागेको मानिसलाई फकाई फुल्याई गरेर काम लगाउन त्यो साहुले लेबरको महामारी भएको बेलामा भनि दिएको पनि हुन सक्छ तर ईलिगल भएर नेपाल जान नसके पछि र हरेक दिन डराउँदै हिँडन पर्दा त्यसो भन्ने मान्छे पाउँदा त्यो भाईको आशा जाग्नु स्वभाविक हो तर त्यति सजिलै कसैको भगौडालाई कानूनी रुपमा करार गर्न सजिलो कहाँ हुन्छ र ? भाग्ने बेलामा हजार पटक नसोची लहैलहैमा भागेर फन्दामा पर्ने, अप्ठयारो काम गर्न पर्ने, अपराधिक समुहको हतियार हुने अवस्था आउँछ । भागेर काम गरेर छिटै धेरै कमाउने सपना कसैले नपालेकै बेस ।

हिजै मात्र अर्को एउटा बहिनीले हेटौडाबाट सोधिन दाई म कोभिडको बेलामा ईलिगल खुल्दा नेपाल आएको हुँ अब कुवेत आउन पाउँछु की पाउँदिन होला ? त्यसबेला कुवेत सरकारले ईलिगलहरुलाई स्वदेश फर्काउन ठुलो धन राशी खर्च गरेको थियो । कुवेतमा रहेका हजारौ ईलिगल नेपालीहरुलाई दुई महिना सम्म कुवेत सरकारले खान बस्न दिएर आफ्नै जहाजमा हालेर निःशुल्क रुपमा नेपाल पठाई दिएको थियो । त्यसरी कुवेत सरकारको फण्डिंगमा चार्टर जहाज चढेर नेपाल जानेहरु अहिले कुवेत फर्कने खोजीमा रहेछन । जहाँसम्म कुवेत फर्कन नपाउने भन्ने सूचनामा कुनै कुरा उल्लेख थिएन उसबेला । उनीहरु पुनः चाहेमा कुवेत फर्कन सक्छन भन्ने नै हो तर ग्यारेन्टी त केही कुराको हुँदैन । विगतमा एम्नेटिको सुविधा लिएर नेपाल जानेमध्ये के कति जना पुनः कुवेत आउनु भएको छ ? आउनु भएको भए कमेन्ट गरिदिनु होला जसले कतिपयको जिज्ञासाको समाधान गरिदिने छ ।

घरमा काम गर्ने मात्र नभएर कम्पनीमा काम गर्नेहरु त्यस्ता मानिसहरु भाग्दछन जसले पैसा कमाउने महत्वकांक्षा त धेरै पालेका हुन्छन तर कमाएको पैसा कसरी बचाउने भन्नेमा ध्यान दिदैनन । उनीहरुका लागि भाग्नु रहर जस्तो भई दिन्छ जब भागेर हिड्छन त्यसपछिका दुर्दि को त चर्चै नगरौ भोग्नेहरुले यो लेख पढनु भएको भए कमेन्ट गरि दिनुहोला ।


Loading...
सम्बन्धित शीर्षकहरु

बसन्त थापा,कुवेत तीतोपाटी- आज यो देशको प्रगतिको वास्तविकता मूल्याङ्कन गर्न गाह्रो हुँदै गएको छ। तथ्याङ्कबाटै विकासका उपलब्धिहरू आँकलन गर्ने हो…

मगर संघ कुवेतको चौंथो अधिवेशन तथा मगर समुदायको राष्ट्रिय सांस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम अागामी…

शीतहरु १ टप टप शीत वर्षा २ जता ततै तिम्रै चर्चा ३ ज्वती पुञ्ज शीत गुञ्ज ४ शीत धारा अति…

प्रतिकृयाहरू
...