Tuesday 15th September 2026

चलचित्र “माग्ने राजा”को टिजर सार्वजनिक, भदौ ६ मा पर्दशनमा आँउने


चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात “माग्ने बुढा”को शिर्ष भूमिका रहेको नेपाली चलचित्र “माग्ने राजा” को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई  नयाँ रुप, नयाँ यात्रा  उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ।
टिजर हेर्दा  उनले  लगाएका ड्रेस,  रमाइला र कसिला संवादले भरिएको देखिन्छ,  जसको प्रमुख आकर्षण केन्द्रबिन्दु “माग्ने बुढा” नै रहेका छन । टिजरमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ एकै चलचित्रमा  देखिएका छन  । चलचित्रमा विल्सन विक्रम राई “तक्मे बुढा”  केदार घिमिरे “माग्ने बुढा”को    भान्जाको भूमिकामा देखिएका छन्। टेलिभिजनको  पर्दामा दर्शकले साह्रै मन पराएका  यो मामा-भान्जाको जोडीलाई फेरि चलचित्रमा देख्न पाउनेछन  । टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङ्देल पनि देखिन्छन तर उनीहरु  कस्तो भूमिकामा  प्रस्तुत भएका छन, त्यो भने चलचित्र निर्माण पक्षले गोप्य राखेको छ ।

ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र आरम्भ प्रोडक्सन ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् । चलचित्रको कथा  सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन्। चलचित्र  ‘माग्ने राजा’ लाई आरआर फिल्मसले  वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।

टिजर हेर्न क्लिक गर्नुहोस


सम्बन्धित शीर्षकहरु

पाकिस्तानमा उच्च प्राथमिकतामा खोजी गरिएका कुख्यात आतंकवादीहरूको सूचीमा जैस–ए–मोहम्मदका प्रमुख मसुद अजहरको नाम समावेश भएको विषय अहिले फेरि चर्चामा आएको…

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित…

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर…

प्रतिकृयाहरू
...