Thursday 8th October 2026

लघु कथाः असार पन्ध्रमा लुकेको स्वाभिमान


कमला देवकोटा, पाल्पा – ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो त्यो ठाउँमा नयाँ नयाँ बोट लगा।
आज सारेका बोट बिरुवा मर्दैनन्। फेरि पानि अबिरल परेकै छ। हओस् मालिक आज सबै काम सक्छु।
दस बजे रोपाईंमा पुग्नुपर्यो नि?
संझेकोछस्? छु मालिक हजुरको अध्रानो टिसर्ट मैले पाउँलानि?
पोहोरको जीर्ण भो।
हँ तेही लगा आजको दिन ।,अर्को बर्ष लाउलास्।
हुंदैन हजुर भुन्टी पनि आउँछे सबै नाङ्गो देखेपछी के भन्ली?
तँ नाथे लाई उसैको पिर। जे सुकै भनुस् तेस्ले। मीठो खान पाकै छस्। राम्रैमा सुतेकैछस्।
होईन के हजुर हामी पुरुष जाती महिलालाई पाल्ने जात। आफै यस्तो नाङ्हो भुतुङ्गो भएपछी उ सङ्ग कसरी आँखा जुधाएर बोल्नु?।
ए बढी नहो है तेरा बाबुले लिएको ऋण अंझ चुकाउन सकेकोछैनस्।त्यो भुन्टीको के सपना देख्छस्? रोपाईँमा पनि कसैले सद्धे लुगा लाउँछन् र?
छिटो गर् खेताला आउंदा घरका जहान तैनाथ हुनुपर्छ। गोफ्ले उदास मलिनो अनुहार लिएर घोप्टी पर्दै खेत तिर लाग्यो।
गाउँका मानिसहरु मालिकको रोपाईँमा जान बाजेहरु, रोपारे बाउसे ट्राक्टर अघि लाउँदै रमाउंदै जाँदै थिए। बीचमा भुन्टी भेटिई।गोफ्लेलाई देखेर अचम्म मानी ।किन उदास छस्, किन तेहिँ लुगा? हेरत मैले त दिदीको घलेक आजको लागि मागेँ। भो छोड् मलाई लुगा सङ्ग मतलब छैन बुझिस्? यो मालिकको ऋणले मलाई पिरोलेको छ। यहाँ बाट निस्किन पाए ईच्छा अनुसार लाउने खानेछु तेरै साथमा भोकै भए पनि रमाउनेछु। हैन दुबैले कमाउंला कसरी भोकै होईन्छ?
लौ त मैले पनि यो घलेक लाउंदिन। यत्तिकै काम गर्छु।जुन बेला तिमी मेरो साथमा हुन्छौ तेसै दिन देखि भएका कपडा बाँडेर लगाउँला। हामी जस्तालाईअसार पन्ध्रले के भो ? साउनेसक्रातिले के भो?
दुबै राती सम्म खेतमा काम गरे।
चाम्रे खाने बेला भयो , सबैले हिलो छापाछ्याप गरे कसैले कसैको मुख देखेन। मन अमिलो भएका गोफ्ले र भुन्टी रातको अंधेरोमा संधैको लागि हराए। मालिकले भर्मग्दुर लाएर खोजी गरे तर केही पत्ता लागेन।


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...