Monday 28th September 2026

तिन किराती संस्थाले संयुक्त रुपमा “उभौली” मनाउदै, तयारी पुरा


कुवेतमा सक्रिय तिन किराती संस्थाले संयुक्तरुमा उभौली पर्व मनाउने भएका छन ।  भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान भन्ने मुल नाराका साथ किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा उभौली मनाउने तयारी पुरा भएको  मन्जित राईले तितोपाटीलाई जानकारी गराउदै कार्यक्रमा उपस्थित भईदिनुहुन् सम्पूर्ण कुवेतमा सक्रिय नेपाली संघ सस्था, समाजसेवी, बुद्दिजिबी लगायत दाजुभाई दिदी बहिनीहरु सबैमा निमन्त्रणा गरेका छन  ।

संस्कृतिका धनी हामी नेपाली हाम्रो संस्कृति मासिए हाम्रो अस्तित्व नै रहँदैन। त्यसैले हामी नेपाली जो जहाँ छौँ त्यहीँबाट हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्छ। हाम्रो संस्कृतिको संरक्षण भनेको हाम्रो अस्तित्वको संरक्षण हो, भन्ने कुरामा आयोजकले जोड दिएका छन्। संस्कृतीको संरक्षण किरातीहरुको साझा अभियान किरातीहरुको महाव चाड यक्वा तङनाम/ साकेला उभौली / सालिवा श्यादैर पिदार २०२२ येले तङबे / येले दोङ/ येले थोचे ५०८२ शुभकामना आदान प्रदान साथै साकेला कार्यक्रम यसपटक पनि संयुक्तरुपमा आयोजना गरिएको हो  ।

कार्यक्रम हुने स्थान मिति समय

स्थान =कोहिनुर इन्टरनेसनल रेस्टुरेन्ट ब्लक ८ स्ट्रेट ३६ सुकसभा फाहाहिल
मिती =२७ मे २०२२
समय= बिहान १० बजे

 


सम्बन्धित शीर्षकहरु

लगातारको वर्षा, बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार…

लगातारको वर्षापछि सप्तकोसी नदीमा आएको बाढीका कारण सप्तरीका विभिन्न बस्ती डुबानमा परेका छन्। बाढीका कारण ५ सयभन्दा बढी परिवार विस्थापित…

देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते…

प्रतिकृयाहरू
...