Thursday 18th June 2026

जन-जागृतिको छैटौं अधिवेशन आगामी मे ६ तारिक हुने


तीतोपाटी – जन-जागृति युवा समाज कुवेतको छैटौ अधिवेशन तथा १२ औं वार्षिक उत्सव आगामी मे ६ तारिक शुक्रबारका दिन फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा हुने भएको छ । अधिवेशन हुने विषयबारे सो समाजका निवर्तमान अध्यक्ष टिकाराम आचार्यले तीतोपाटी डट कमलाइ जानकारी दिएका हुन् ।

“जागरूक समाजको खोज, जन-जागृति युवाको सोच” भन्ने मुल नाराका साथ गठन भइ कृयाशिल रहेको जन-जागृतिले स्थापनाकालदेखि नै कुनै जातवर्ग, समुदाय, क्षेत्र वा धर्म संस्कृति तथा राजनैतिक पक्ष नलिइ भाइचारा र भातृत्वको भावनाले अभिप्रेरित भइ पुर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाली क्षेत्र देखि दक्षिण तराइ सम्मका सम्पुर्ण नेपालीहरूलाइ लक्षित गरि जन-चेतना, राहत-उद्दार र मानविय सेवाका कार्यहरू गर्दै आएको छ भने संस्थाको छैटौं अधिवेशन कोरोना महामारीको कारण विश्व नै आक्रान्त भइ असामान्य परिस्थिति सिर्जना भएपछि निर्धारित समयमा सम्पन्न गर्न नसकिएकोमा कोरोना महामारी मत्थर भएपछि अहिले हुन लागेको कुरा संस्थाका संरक्षक छत्र बहादुर कार्कीले बताए ।

संस्थाले ६ औं अधिवेशन पछि बन्ने नयाँ कार्य समिति गठनका लागि छत्र बहादुर कार्कीको संयोजकत्वमा टिकाराम आचार्य तथा लाल बहादुर तामाङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरि सकेको जनाउँदै जन-जागृतिको उक्त अधिवेशनमा उपस्थितिका लागि नेपाली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, सामाजिक अभियन्ता, साहत्यकर्मी वुद्धिजीवि, कलाकार, खेलाडी लगायत कुवेतलाइ कर्मथलो बनाएर बस्ने सर्वसाधारण सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ निमन्त्रणा गर्दै उक्त दिन अन्य संघ संस्थालाइ कार्यक्रम नजुधाइ दिनुहुन पनि विशेष अनुरोध गरेको छ ।
कार्यक्रमको विवरणः
मितिः ६ मे २०२२ शुक्रबार ।
स्थानः फरवानिया, ब्लक -४, गल्फमार्ट रहेको बिल्डिङको पहिलो तल्ला, द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्ष ।
समयः दिनको १२ः१५ बजे ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...