Wednesday 14th October 2026

कुवेतमा पाल्पाका खनाल सम्पर्क बिहिन


कुवेत स्थित स्विडिस क्लिनिङ कम्पनीमा कार्यरत चुडामणि खनाल गत अप्रिल ६ तारिकबाट सम्पर्क बिहिन भएका छ्न।

लोक गायक बिबि मल्ल ठकुरीले खनाल हराएको भन्दै सामाजिक सन्जालमा एक पोस्ट राखेपछी उनको खोजी नीति शुरु भएको हो।

पाल्पा जिल्ला तान्सेन नगरपालिका ९ मादी घर भएका पासपोर्ट नम्बर ०६३३१६०५ नम्बर भएका खनाल एकाएक गायब भएपछि उनका आफन्त ज्ञान प्रसाद पान्डेयले खनाल हराएको जानकारी गराएका हुन। कुवेतमा कार्यरत नेपाली दाजु भाइ दिदी बहिनीहरुले यदि खनाललाई देख्नु भएमा ज्ञान प्रसाद पान्डेयको सम्पर्क नम्बर ६६२०२५९९ र उनी कार्यरत कम्पनीको नम्बर ५५१२७३०८ सम्पर्क गरिदिनु हुन आफन्त पान्डेयले अनुरोध गरेका छ्न ।

यस बारेमा नेपाली दूतावास कुवेतमा बुझ्दा हराएको भन्ने जानकारी प्राप्त भएको र खोजिकार्यको लागि पहल भएको बुझिएको छ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...