तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको…
काठमाडौं -प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दोस्रो विज्ञप्ति सार्वजनिक गरेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ : ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।सम्माननीय…
नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो। नक्सा तयार पारिएको विधिबारे जानकारी दिँदै अभियान्ता प्रा.डा.नरेन्द्रराज खनालले वैज्ञानिक र विज्ञको रायका आधारमा नयाँ राजनीतिक नक्सा तयार पारिएको बताए। ‘डिजीटल एलिभेसन मोडेलबाट रेखाङ्कन…
सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…
तितोपाटी - जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐनअन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मङ्गलबार मुद्दा दर्ता गरेका हुन्। गत कात्तिक…
बिनय बन्जारा -चालु आर्थिक वर्षको प्रथम तीन महिना (साउन–असोज) मा रेमिट्यान्स घटेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ। गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो। मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब…
तितोपाटी - नेपाल सरकारको हिँजो पुनर्गठित मन्त्रीपरिषदका नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाइ राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठीलाई…
तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् । बुधबार साँझ पठाइएको सूची राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको छ । भोली बिहीबार बिहान नवनियुक्त मन्त्रीहरूको सपथग्रहण गर्ने…
तितोपाटी - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुष्पकमल दाहाललाइ कार्यकारी अध्यक्ष चयन गरेको छ भने अहिलेका कार्यकारी अध्यक्ष खड्ग प्रसाद ओली पुरा कार्यकाल नै प्रधानमन्त्री रहने भएका छन् । आज बुधबार बसेको सचिवालयको बैठकले अध्यक्षद्वयको कार्यविभाजन गरेको हो । कार्यविभाजन अनुसार कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाललाई बनाइएको छ । यसअघि केपी…
तोयानाथ उपेक्षित-१४ वर्ष देखि ईराकमा अलपत्र परेकी स्यालझुण्डे ५ रुपन्देही घर बताउने नेपाली महिला टिका सेन ५१, लाई कुवेतको गैरआवासीय नेपाली सघले उद्धार गरेर नेपाल पठाएको छ । दिनरात पडकने बमको धुवा र धुलो खाँदै सडकमा अलपत्र हुन पुगेकी टिका सेनलाई नेपाल पुगिन्छ भन्ने आशै थिएन तर एआरएन कुवेतले उनलाई…
![]()