Thursday 22nd October 2026

अर्घाखाँची -बस दुर्घनामा ज्यान गुमाउनेको संख्या १७ पुग्यो


तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस  दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको उद्दारमा खटेका प्रहरी निरीक्षक सुरज सुवेदीले जानकारी दिए।मृत्यु हुनेमा १० पुरुष र ७ महिला छन्। मृतकको सनाखत हुन सकेको छैन।घाइतेलाई उपचारका लागि बुटवल पठाइएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए। घाइतेको उद्धार जारी रहेको छ।बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको छ।

 

 


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...