Thursday 22nd October 2026

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालको दोस्रो बिज्ञप्ती


काठमाडौं -प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले दोस्रो विज्ञप्ति सार्वजनिक गरेको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७ : ३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६/८/१० गते मंगलबार बिहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहाेरा जानकारी गराइन्छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...