Thursday 9th May 2024
मुख्य खबर
Image

तिताेपाटी - कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागिएको परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवी सहभागी हुने बीबीसीले जनाएको छ । खोप परीक्षण अमेरिकाको सियाटलमा हुँदैछ । खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा…

Image

तिताेपाटी - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले…

Image

काठमाडौं -सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–२०१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्चदेखि ३० अप्रिल २०२० सम्मका लागि स्थगित गरेको छ।…

Image

तितोपाटी- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। बुधबार डब्लुएचओले विश्व महामारी घोषणा गरेको हो। डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। कोरोनाको संक्रमण न्यूनीकरणका लागि उनले…

Image

तोयानाथ उपेक्षित - कुवेत सरकारको मन्त्रीमण्डलले भोलीबाट लागु हुने गरी २६ मार्च सम्म १४ दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । कोरोना भाईरसको बढदो प्रकोप रोक्न यस्तो कदम उठाईएको बताईएको छ । शुक्रवार मध्यान्हबाट अर्को शुक्रवार सम्मका लागि सबै हवाई सेवा पनि बन्द हुने भएको छ । गत…

Image

काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला डिस्चार्ज भएकी छन्। फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी समीक्षा बुधबार (२८ गते) डिस्चार्ज भएकी हुन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार सर्जनले सहमति दिए प्रधानमन्त्रीको समेत डिस्चार्ज आजै हुनेछ।‘प्रधानमन्त्रीकी मिर्गौला दाता उहाँकी भान्जी…

Image

तिताेपाटी - पूर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ…

Image

तितोपाटी डटकम- चिनको बुहानबाट शुरु भएको भनिएको कोरोना भाइरस(कोभिड-१९)ले बिश्वभर त्राश फैलाईरहेको बेला कुवेतमा पनि मार्च १०,२०२० का दिन सम्म ६९ जनामा संक्रमण भेटिएको कुवेतको स्वास्थ्य मन्त्रालयले बताएको छ।त्यति मात्र होइन यहाको स्वास्थ्य मन्त्रालयले विभिन्न माध्यमबाट कोरोना भाइरसबाट संक्रमितहरुबाट बच्न अपनाउनु पर्ने विभिन्न सुरक्षात्मक उपायहरु अबलम्बन गर्न अनुरोध गर्दै सबैलाइ…

Image

तितोपाटी- युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ। सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो। खलिज टाईम्सका अनुसार कोरोनाका बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक…

Image

तितोपाटी- साउदी अरबमा कोरोना भाइरस (कोविड-१९)को संक्रमण फैलिदैगएकोले साउदी अरबमा रहेका नेपालीहरुलाई उच्च सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ । हाल सम्म साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १५ नाघेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार संक्रमितहरुलाई विशेष उपचारमा राखिएको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका विरामी…