Wednesday 15th May 2024

नेपालमा थप २४७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु, राजधानी उपत्यका उच्च जोखिममा


तितोपाटी – केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९५४७ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५२४७ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २२७ जना कोरोना जितेर घर फर्केका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बिहिबार अपरान्ह सम्म कुल १४२४८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मोरङ जिल्ला सुनसरी नगरपालिका ८ निवासी ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ७ निवासी ७० वर्षीय पुरुष र पर्सा वीरगन्ज महानगरपालिका ५ निवासी ६८ वर्षीय पुरूष गरी ३ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ६४ हजार  ६ सय ४८ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १३ हजार २ सय १ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७२ लाख १८ हजार भन्दा बढि संक्रमित भइ १ करोड ७ लाख २९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ७० हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...