Wednesday 13th May 2026

नेपालमा कोरोनाः कुल संक्रमित१९७७१, निको भएका१४३९९, जम्मा ५६ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १९७७१ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५३१६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १५१ जना कोरोना जितेर घर फर्केका छन् भने थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल १४३९९ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – १६ निवासी ३५ वर्षीय पुरूष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – २ छपकैया निवासी ६५ वर्षीय पुरुष र पर्सा जिल्ला वीरगन्ज महानगरपालिका – ११ स्थायी घर भइ ललितपुर थसीखेल – ५ बस्ने  ६५ वर्षीया महिला गरि ४ कोरोना संक्रमणले मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । हालसम्म देशभरका २७ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट ३ लाख ७५ हजार  ४ सय १६ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा १२ हजार १ सय ११ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ७५ लाख ५ हजार भन्दा बढि संक्रमित भइ १ करोड ९ लाख ६० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ६ लाख ७७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

इजरायलको संसद (Knesset) ले सन् २०२३ अक्टोबर ७ मा भएको हमास नेतृत्वको आक्रमणमा संलग्न पक्राउ परेका व्यक्तिहरूलाई विशेष सैन्य अदालतमार्फत…

प्रतिकृयाहरू
...