Thursday 19th March 2026
रोजगार
Image

हरी कृष्ण न्यौपाने- भन्डारा-५ चितवन घर भई कुवेतमा कार्यरत विनोद बुर्लाकोटिको उपचारको क्रममा मृत्‍यु भएको छ। कलेजोमा समस्या आए पछी कुवेतको आदान अस्पातलमा उपचार गराइरहेका बुर्लाकोटिको जुन-१३,२०२१ आईतवारको दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्री कृष्ण सिलवालले तीतोपाटी संग भने “ राहदानी नम्बर ०८२७८०३५ का विनोद…

Image

तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने…

Image

आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ । अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै…

Image

तीतोपाटी डटकम-नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा…

Image

तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो। उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो। ‘रेड…

Image

तीतोपाटी डटकम-काठमाडौं। नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाइ उडान स्थगित गरेपछि त्यसको सबैभन्दा ठूलो असर इराकमा परेको छ। नेपाल सरकारले युद्धग्रस्त मुलुक इराकमा जान नेपालीहरूलाई रोक लगाएको छ। तर, आकर्षक तलबको लोभमा आफ्नो ज्यानलाई हत्केलामा राखेर नेपालीहरू विभिन्न देश हुँदै अवैधानिक रुपमा इराक पुग्ने गरेका छन्। अहिले इराकको कुर्दिस्तानमा मात्र ५ नेपालीको…

Image

हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्‍यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो। झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क…

Image

हरि कृष्ण न्यौपाने-तीतोपाटी डटकम-रोल्लिङ कर्माशील विदेश सबै प्रवासी नेपालीहरू,सरकारी, गैर सरकारी संगठन र अन्तर्राष्ट्रिय भर्तीकर्ताहरूलाई "प्रवासी नेपालीलाई मनो-सामाजिक परामर्श" शीर्षकमा नि:शुल्क वेबिनार गर्ने भएको छ।जुन-१४,२०२१ सोमबार नेपाली समय ४:०० बजेबाट उक्त वेबनार शुरु हुने छ। वेबनार आयोजक रोल्लिङ कर्माशील विदेशका उपाध्यक्ष लोकेन्द्र सिंहले तीतोपाती डटकम संग कुरा गर्दै भने"वेबिनारको उद्देश्य…

Image

हरी कृष्ण न्यौपाने- भोजपुर घर भई कुवेतमा कार्यरत प्रशन राइको बिल्डिङबाट खसेर मृत्‍यु भएको छ। राइको कुवेतको महाबुल्ला स्थित कम्पनीकै बिल्डिङबाट खसेर १२ जुन,२०२१ शनिबार बेलुका मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम संग कुरा गर्दै भने “ राहदानी नं-०६१८२०२५ का प्रशन राइको आफु…

Image

हरी कृष्ण न्यौपाने - रोजगारीका क्रममा कुवेतमा रहेका र विभिन्न कारण ज्यान गुमाएका ४ जना नेपालीहरुको शवहरु कतार हुँदै नेपाल पठाईने भएको छ।कोरोनाको कारण उडानहरु नहुँदा कुवेतमै केही समय देखी अलपत्र परेका शबहरु आज जुन १३,२०२१ आईतवार बेलुका नेपाल पठाइन लागेको हो। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तीतोपाटी डटकम…