Friday 26th April 2024

सेयर बजारमा ‘करेक्सन’, काराेबार रकम साढे १६ अर्ब नाघ्याे


तीतोपाटी डटकम-१ असार, काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।

नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेकाे छ ।

यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

नेप्से परिसूचकमा करेक्नसन देखिए पनि काराेबार रकममा भने उल्लास नै देखिएकाे छ । काराेबार रकम १६ अर्ब ५२ कराेड ८७ लाख रूपैयाँ भन्दा धेरै भएकाे छ ।
साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...