Sunday 17th May 2026

अस्ट्रिचको मासुबाट कस्ता–कस्ता परिकार ?


आरबी बुढाथोकी-तीतोपाटी डटकम-अस्ट्रिच चरा आम नेपालीका लागि नौलो भए पनि नेपाल भित्रिएको भने धेरै वर्ष भइसकेको छ । यसको मासु केही महँगो भएका कारण नेपालमा खासै चल्न सकेको छैन । नेपाली होटेल रेस्टुरेन्टहरूको मेनुमा पनि धेरै देखिन्न । तर, व्यावसायिक रूपमा अस्ट्रिच पालन भने ठाउँठाउँमा भइसकेको छ ।

अस्ट्रिचको मासु हड्डीसहित र हड्डीबाहेक बेग्लाबेग्लै मूल्यमा पाइन्छ । हड्डीसहित एक हजार चार सय ५० र हड्डीबाहेक एक हजार नौ सय ५० रुपैयाँ पर्छ । अफ्रिका र अरबको मरुभूमिमा पाइने सुतुरमुर्ग अथवा अस्ट्रिच सबैभन्दा ठूलो चरा हो । यो चरा उड्न सक्दैन । यसको उचाइ २.५ मिटर हुन्छ भने तौल १५० किलोग्रामसम्म हुन्छ । सबैभन्दा ठूलो अन्डा पार्ने चरा पनि सुतुरमुर्ग हो । यसको अन्डाको तौल १.५ किलोग्राम हुन्छ । यसको अन्डा उसिन्न ५० मिनेट लाग्छ ।

अस्ट्रिचको मासु मुटुरोगीलाई निकै नै राम्रो हुने चिकित्सकहरूले सल्लाह दिन्छन् । रातो मासु खान नहुने रोगीलाई पनि अस्ट्रिचको मासु उपयुक्त मानिन्छ । अस्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बालबालिका लागि समेत यो उत्तम हुन्छ ।

अन्डाको खोलबाट सजावटका वस्तु बनाइन्छ । एउटै अन्डाको तौल करिब साढे एक केजीसम्म हुन्छ । एउटा पोथी ‘अस्ट्रिच’ले वर्षभरिमा कम्तीमा २० र बढीमा ४० वटा फुल पार्छ । यो चराको प्वाँखबाट आकर्षक उपहारका सामग्री पनि बनाइन्छ । यसको बोसोबाट क्रिम बनाइन्छ । वयस्क अस्ट्रिचले एकदिनमा पाँच किलोजति दाना र घाँस तथा करिब चार लिटर पानी खान्छ । यसको आयु ८० वर्ष रहेको बताइन्छ । सामान्यतया ४० वर्षसम्म व्यावसायिक रूपमा फाइदाका लागि पालिन्छ ।

अस्ट्रिचको मासु कसरी खाने ?

अस्ट्रिचको मासु कुखुरा हाँसको जस्तै गरी विभिन्न परिकार बनाएर खान सकिन्छ । यसको मासुलाई झोल हालेर बनाउन पनि सकिन्छ र छोइला या सेकुवा बनाएर खाँदा पनि स्वादिष्ट हुन्छ । बिदेशमा यसलाई स्टेकको रुपमा ग्रिलगरी खाने चलन पनि छ । अस्ट्रिचको मासुको बर्गर पनि विदेशतिर निकै लोकप्रिय छ । यो चाराको पार्टपार्टको भिन्नभिन्न परिकार बनाउन पनि खप्पिस हुन्छन् विदेशी सेफहरू । अस्ट्रिचलाई ओभन रोस्ट या किमा बनाएर खाँदा पनि राम्रो हुन्छ । अस्ट्रिचको ससेज र सलामी पनि उत्तम भोजन हुन्छ । अस्ट्रिचको मिटबल र कबाब पनि बनाएर खान सकिन्छ । विदेशीहरू अस्ट्रिच चराको तन्दुरी र सलादहरू पनि बनाउन खप्पिस हुन्छन् ।

स्वास्थ्यलाई यस्ता फाइदा

– अस्ट्रिचको मासुमा निम्न कोलेस्ट्रोल हुने हुँदा स्वास्थ्यका हिसाबले उत्तम हुन्छ ।

– बोसोको मात्रा पनि एकदम न्यून हुन्छ ।

– प्रोटिन र आइरन उच्च हुने हुँदा मासुमा उत्तम मानिन्छ ।

– मुटुसम्बन्धी समस्या हुनेहरूका लागि त निकै राम्रो मानिन्छ ।

– रातो मासु खान नहुने रोगीलाई पनि अस्ट्रिचको मासु उपयुक्त मानिन्छ ।

– अस्ट्रिचको मासुले दिमागलाई चुस्त बनाउने हुँदा बालबालिकाका लागि राम्रो मानिन्छ ।

– बालबालिदकादेखि वृद्धवृद्धासम्म सबैलाई हुने हुँदा परिवारमा बसेर खान उत्तम मासु हो ।

– अस्ट्रिचको अन्डा पनि स्वास्थ्यका लागि राम्रो डाइट मानिन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन् ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...