Sunday 21st December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - रुसी वायुसेनाको दुई लडाकू विमान जापानी समुन्द्र माथिको आकाशमा ठोकिएका छन् । प्रशिक्षणमा रहेका ती विमान देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसी रक्षा मन्त्रालयले जनाएकाे छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमान जापानी समुन्द्रमाथि एक आपसमा ठाेकिएकाे थियाे । स्थानीय समयअनुसार बिहान करिब ८ बजे दुर्घटना भएको अधिकारीहरुले…

Image

तितोपाटी - इण्डोनेसियामाथि ९२ रनको फराकिलो जित निकाल्दै नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा जारी टि–२० स्म्यास क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। तेर्थई क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया ११.१ ओभरमा २७ रनमा अलआउट भएपछि नेपाल फराकिलो जितका साथ फाइनलमा प्रवेश गरेको हो।…

Image

तितोपाटी - कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् । यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट…

Image

तितोपाटी - सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी…

Image

तितोपाटी - अष्ट्रेलियामा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ ।अत्यधिक तापक्रम बढेको कारण अस्ट्रेलियाको केही भुभागको जनजीवन प्रभावित भएको छ । बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको त्यहाँको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो साढे तीन बजेको तापक्रम ४८.३…

Image

तितोपाटी - केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका…

Image

तितोपाटी - रानको राजधानी तेहरान नजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा सवार १५ जनाकाे मृत्यु भएकाे छ भने एककाे जिवितै उद्धार गरिएकाे छ। कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रकाे एउटा भवनमा ठाेकिन पुगेकाे थियो। घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ। काराजको पायम…

Image

तितोपाटी - लागुऔषध तस्करीको आरोपमा चिनियाँ प्रहरीको हिरासतमा रहेका एक क्यानडेली नागरिकलाई यहाँको अदालतले मृत्युदण्ड सुनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार क्यानडेली नागरिक रोबर्ट लोयड सेलेबर्गलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको हो। सुरुमा उनलाई १५ वर्ष कैद सजाय सुनाइएको थियो। त्यसविरुद्ध गरिएको पुनरावेदनमा अदालतले पुरानो सजाय निकै कम रहेको ठहर गर्दै मृत्युदण्डको फैसला…

Image

तितोपाटी - संयुक्तराज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व राष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन्। ओबामाकाे मन्त्रिपरिषद्का सदस्य समेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेन भाषी राष्ट्रपति समेत हुनसक्ने अनुमान गरिएको छ। अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरुले नाम…

Image

तितोपाटी - चीनको एउटा कोइला खानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला उक्त दुर्घटना भएको थियो । दुर्घटना लगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार…