Thursday 27th August 2026

राष्ट्रसंघद्वारा जैश ए मोहम्मदका प्रमुख मसुद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा


तितोपाटी- एजेन्सी– संयुक्त राष्ट्रसंघले पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मसुद अजहर र उनको समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्धीन ले त्यसको पुष्टि गरेका छन् । उनले बुधबार ट्वीट गर्दै भनेका छन्, ‘यो कामका लागि साना–ठुला सबै देशले साथ दिएका छन् ।

संयुक्त राष्ट्रसंघले प्रतिबन्धित सूचीमा मसुद अजहरलाई आतंककारी घोषित गरिदिएको छ । यो कदममा समर्थन जनाउने सबैमा धन्यवाद ।’ अमेरिका, फ्रान्स र बेलायत यो प्रस्तावको पक्षमा भएपनि चीनले समर्थन नदिँदा राष्ट्रसंघले यो विषयमा निर्णय लिन सकेको थिएन् ।

मसुद अजहरको आतंकवादी समूह भारतका कयौं आक्रमणहरुमा जिम्मेवार रहेको मानिन्छ । भारतले यो समूहलाई विश्व आतंककारी संगठनको रुपमा दर्ज गर्न पटक–पटक कुटनीतिक पहल गर्दै आएको थियो ।

केही महिनाअघि भारतको पलुवामा भएको आतंकवादी आक्रमणपछि सो संगठनविरुद्ध भारत जोडतोडले लागेको थियो । भारतले सो आक्रमणमा सोही समूहको हात रहेको दाबी गर्दै आएको थियो । उक्त आक्रमणमा ४० जना भारतीय सुरक्षाकर्मीहरुको मृत्यु भएको थियो ।

कुनै पनि चरमपन्थी समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको दर्जा दिने हैसियत र अधिकार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई मात्र हुने गर्दछ । राष्ट्रसंघ सुरक्षापरिषदको स्थायी सदस्यमा हाल अमेरिका, चीन, फ्रान्स, बेलायत र रुस रहेका छन् । राष्ट्रसंघको अस्थायी सदस्यमा १० देश रहेका छन् ।

कुनै पनि चरमपन्थी समूह वा व्यक्तिलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्न सबै स्थायी सदस्यको सहमति जरुरी हुन्छ । यो निर्णयको फ्रान्स लगायतका मुलुकले स्वागत गरेका छन्


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...