भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि ५६ जनाको मृत्यु हुने गरि गराइएको श्रृङ्खलावद्ध बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरात स्थित विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । २०० जना भन्दा बढी मानिस घाइते हुने गरि सन २००८ मा भएको सो घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको…
छिमेकी मुलुक चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिक विरोध गरेको बताएका छन्। शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले…
रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ। शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्राधिकरणका…
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशाैं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४ मा र…
ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ मानिसहरू प्रभावित भएको अधिकारीहरूले बुधबार बताएका छन् । स्थिति भयावह भएपछि पेट्रोपोलिस स्थित नगरपालिकाले पेट्रोपोलिसमा सार्वजनिक विपत्तिको घोषणा गरेको छ।…
पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो । एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको भन्ने हल्ला चलेपछि मघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएर उक्त व्यक्तिलाइ ढुंगा…
भारतीय उद्योगपति गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन्। ब्लुमवर्ग अर्बपति सूचकांकको नयाँ सूचीअनुसार अडानी एसियाकै धनी व्यक्ति बनेका हुन्। भारतीय अर्बपति अडानी एक उद्योगपति हुन्। उनी भारतको अहमदावादस्थित बहुराष्ट्रिय कम्पनी अडानी समूहका संस्थापक र अध्यक्ष हुन्। ५८ वर्षीय अडानीको कुल आम्दानी ८८.५ बिलियन डलर पुगेको छ। ब्लुमवर्गले उनीसहित एसियाका…
म्यानमारले कारागारमा रहेका ८२१ बन्दीहरूलाई आम माफी दिइएको घोषणा गरेको छ । आम माफी पाएका बन्दीमध्ये ८१४ स्वदेशी रहेका छन् भने सात जना विदेशी छन् । म्यानमारले देशको संघीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा आम माफीको घोषणा गरेको हो । म्यानमारमा थप ६ महिनाका लागि भन्दै जनवरी ३१ देखि सङ्कटकालको समय अवधि…
मध्यपूर्वको खाडीको देश कुवेतमा १९ लाख भन्दा श्रमिकहरू रहेको एक तथ्यांक सार्वजनिक भएको छ भने कुवेतमा कार्यरत नेपाली श्रमिकहरू संख्याको आधारमा आठौं स्थानमा रहेको तथ्यांकले देखाएको छ । कवेतबाट प्रकाशित हुने अल कबास दैनिकको रिपोर्टलाइ उद्धृत गर्दै अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत सरकारको केन्द्रीय प्रशासनले तयार गरेको गत सेप्टेम्बर…
तीतोपाटी - प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको अाइतबार बिहान निधन भएको हो । गत महिना उनलाइ कोभिड-१९ संक्रमण भएपछि केहि हप्तायता उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो । उनी भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पाश्र्व गायिका…
![]()