Monday 28th September 2026

अफगानिस्तानमा बाढीका कारण ३०० भन्दा बढी मानिसको मृत्यु


उत्तरी अफगानिस्तानमा अधिक वर्षाका कारण शुक्रबार अचानक बाढी आउँदा ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ र हजारौं घरहरू ध्वस्त भएका छन् । बाढीले हजारौंलाई विस्थापित गरेको छ र पूरै गाउँहरू डुबाएको छ ।

उत्तरी प्रान्त बाघलानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने त्यहाँका अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रमका अनुसार कम्तिमा २,००० घरहरू ध्वस्त भएका छन्।

त्यहाँ अहिले आपतकालीन अवस्था घोषणा गरिएको छ । सयाैं मानिसहरूको मृत्यु भएको, अन्य कैयाैं मानिसहरू घाइते भएको तथा हजाराैं परिवारहरू घरबारबिहिन भएको अबस्था छ । देशका धेरै प्रान्तमा बाढीले तहसनहस पारेको छ भने बाढीले अफगानिस्तानमा ठूलो मानवीय आपत निम्त्याएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो शक्तिशाली रकेट स्टारशिप सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। रकेटले २६ वटा स्टारलिङ्क इन्टरनेट उपग्रहलाई कक्षामा स्थापित…

प्रतिकृयाहरू
...