इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८.५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१.४५ प्रतिशत मत प्राप्त गरेकी छन् । पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७.६ प्रतिशत मत ल्याएका थिए…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। उक्त…
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो । विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा…
पोर्चुगलका चर्चित फुटबल खेलाडी एबम म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी रोनाल्डो आफ्नो फुटबल अर्काे नयाँ कीर्तिमान बनाएका छन् । उनी अब क्लब फुटबलमा लगातार १६ सिजनमा २० गोल गर्ने खेलाडी बनेका छन् । शनिबार भएको प्रिमियर लिग अन्तर्गत चर्विच सिटी विरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यसअघि रेलिगेसन जोनमा संघर्ष…
फिलिपिन्समा गत आइतवार आएको समुद्री आँधी 'मेघी'ले निम्त्याएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ भने थप ११० जना अझै हराइरहेको र १९ लाख मानिसहरू आँधीबाट प्रभावित भएको राष्ट्रिय विपद् एजेन्सीले जनाएको छ। लेत्ते प्रदेशको बेबे सहर र वरपरका गाउँहरू बाढी र पहिरोका कारण सबैभन्दा बढी प्रभावित…
फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ भने बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । 'मेगी' नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो । बाढीपहिरोमा परी १५० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतवार…
संयुक्त राष्ट्र संघको शान्ति मिसनअन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका सिपाहीको शव नेपाल ल्याइएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ जहरेका अनिल गुरुङको शव मंगलबार नेपाल ल्याइएको हो । उनको बलिदानीप्रति सम्मान गर्दै नेपाली सेनाले बुधबार श्रद्धाञ्जली तथा अन्तिम सम्मान अर्पणसमेत गरेको छ । छाउनीस्थित वीरेन्द्र…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो। मन्त्री श्रेष्ठले सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको रोजगार अनुमति प्रणाली (इपिएस) सम्बन्धी द्विपक्षीय…
पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) का नेता शेहबाज शरिफले पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। शरिफ सोमबार संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । सोमबार नै राति आयोजित एक विशेष समारोहमा उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् भने मंगलबार प्रधानमन्त्री शरिफले नयाँ मन्त्रीहरू समेत नियुक्त गरेका…
श्रीलंकाको अर्थ मन्त्रालयले केही समयका लागि सबै ऋणहरूको सेवा निलम्बन गर्ने जनाएको छ । मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । विज्ञप्तिअनुसार बाह्य ऋण तिर्ने दायित्वबाट श्रीलंका स्वतन्त्र रहेको बताउँदै देशको वित्तीय अवस्था थप खस्कन नदिन तथा ऋण पुनर्संरचनामा सबै ऋणीलाई समतामुलक व्यवहार निश्चित गर्न…
![]()