Sunday 19th May 2024

नाइजेरियामा डङ्गा पल्टिदा ७६ जनाको मृत्यु


नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामा डुंगा पल्टिंदा हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । कम्तिमा ८० जना सवार उक्त डुंगा अनाम्ब्रा राज्यको ओगबरु क्षेत्रमा शुक्रबार पल्टिएको हो ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । बाढीको पानीले डुबानमा परेपछि उनीहरू सुरक्षित स्थानमा पुग्न खोजिरहेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुङ्गा पल्टनुअघि ओग्बाकुबाको न्क्वो बजारतर्फ सवार रहेका थिए। केही अधिकारीहरूले भने कि डुङ्गा इन्जिन फेल भएको थियो र पल्टिनु अघि एउटा पुलमा ठोक्किएको थियो।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...