Friday 2nd October 2026

मल्लिकार्जुन खर्गे बने भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष


भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा मल्लिकार्जुन खर्गे निर्वाचित भएका छन् । कुल खसेको ९३८५ मतमध्ये खर्गेले ७८९७ मत पाएको र उनका प्रतिद्वन्द्वी शशि थरुरले करिब १ हजार ७२ मत प्राप्त गरेको पार्टीले जानकारी दिएको छ ।

अध्यक्ष पदमा शशि थरुर र मल्लिकार्जुन खर्गेसँग प्रतिस्पर्धामा उत्रिएका थिए । कांग्रेस पार्टीको १३७ वर्षे इतिहासमा छैटौं पटक पार्टी अध्यक्ष पदका लागि सोमबार निर्वाचन भएको थियो ।

खर्गेको जितपछि दिल्लीस्थित कंग्रेसको मुख्यालयबाहिर उत्सवको माहोल छ, कार्यालयमा ठूलो संख्यामा नेता कार्यकर्ता पुगेको भारतीय मिडियाहरुले बताएका छन् ।

लामो समयसम्म गान्धी परिवारमा रहेको कंग्रेस नेतृत्व यस पटकबाट गान्धी परिवार बाहिर गएको छ तर खर्गेलाई गान्धी परिवारको निकट नेताको रुपमा लिने गरिन्छ। थरुर पनि कांग्रेसको २३ नेतामध्ये पर्छन्।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...