Sunday 11th October 2026

युक्रेनको राजधानी किभमा श्रृंखलावद्ध विष्फोट


युक्रेनको राजधानी किभमा सोमवार बिहानै एकपछि अर्को गरी श्रृङ्खलाबद्ध विस्फोट भएका छन् । स्थानीय समय अनुसार बिहान ८ बजे भएको विष्फोटमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै धेरै मानिसहरू घाइते भएको बीबीसीले जनाएको छ ।

रुसलाई क्रिमियासँग जोड्ने एकमात्र पुलमा विस्फोट भएको दुई दिनपछि कीभमा यी श्रृंखलाबद्ध विस्फोट भएका हुन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुलमा भएको विस्फोटको लागि युक्रेनलाई दोष दिएका छन् ।

विष्फोट हुनुभन्दा ९० मिनेट अगाडि नै हवाई आक्रमणको साइरन बजेको समाचारमा बताइएको छ । सामाजिक सञ्जालमा साझा गरिएका तस्विर र भिडियोमा कीभका धेरै भवनहरूबाट धुवाँको मुस्लो उठेको देख्न सकिन्छ । भवन र कार पनि आगोले जलेको देखिएको छ । मध्य कीभमा भएको यो आक्रमणमा धेरै मानिसको मृत्यु भएको आशंका गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

अफ्रिकी देश जिबुटीको तट नजिक आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने ८४ जना अझै बेपत्ता…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा हुने आक्रमण रोक्ने विषयमा तत्काल लागू हुने “ऊर्जा युद्धविराम” भएको घोषणा…

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा भएको खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ। नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २३४…

प्रतिकृयाहरू
...