चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो दुर्घटना आइतबार दिउँसो करिब ३ बजेतिर भएको बताइएको छ। फोशान ग्वाङ्दोङ प्रान्तमा पर्छ। चीनको सरकारी समाचार संस्था शिन्हुआका अनुसार आगलागी भएपछि तुरुन्तै दमकल, प्रहरी र उद्धारकर्मी घटनास्थलमा…
पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमण बाट कम्तीमा तीन जनाको मृत्यु भएको छ। यस घटनापछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बन्न सक्ने चिन्ता बढेको छ। पाकिस्तान र अफगानिस्तानबीच यसअघि फेब्रुअरीमा पनि ठूला झडप भएका…
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभाको सामान्य बहस (General Debate) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आफ्नो सम्बोधनमा नेपालका प्राथमिकता, जलवायु परिवर्तन, दिगो…
भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ संकलन भएको छ। हाल कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख…
उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका यी परीक्षणले कोरियाली प्रायद्वीपमा फेरि तनाव बढाएको छ। दक्षिण कोरियाका अनुसार पहिलो मिसाइल करिब ४५० किलोमिटर र दोस्रो ६०० किलोमिटरभन्दा बढी दूरीसम्म उडेको थियो। दुवै मिसाइल जापानको विशेष आर्थिक क्षेत्र…
इरानले अमेरिका नयाँ सैन्य आक्रमणको तयारीमा रहेको दाबी गर्दै, हमला भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। इरानले अमेरिकी हमला भएमा कुनै सीमा बिना जवाफ दिने चेतावनी दिएको हो। इरानले आफ्नो सर्त पूरा नभएसम्म हर्मुज जलडमरूमध्य (Strait of Hormuz) नखोल्ने अडान पनि दोहोर्याएको छ। यो जलमार्ग विश्व तेल व्यापारका लागि…
रुसको राजधानी मस्को र आसपासका क्षेत्रमा युक्रेनले अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको रुसले जनाएको छ। रुसका अनुसार १,००० भन्दा बढी ड्रोन प्रहार गरिएको थियो, जसमा कम्तीमा २ जनाको मृत्यु भएको छ र एक प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुगेको छ। मस्कोका मेयर सर्गेइ सोब्यानिनले उक्त आक्रमण संसदीय निर्वाचन प्रभावित…
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन शनिबार उत्तर एटलान्टिकमा रहेको फ्रान्सको सानो भूभाग सेन्ट पियरे एन्ड मिकेलोन भ्रमणमा निस्किएका छन्। भ्रमणका क्रममा उनी क्यानडाका प्रधानमन्त्री मार्क कर्नी सँग भेट गर्ने कार्यक्रम रहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले क्यानडालाई अमेरिकाको “५१औँ राज्य” बनाउने अभिव्यक्ति दिएपछि फ्रान्स र क्यानडाबीचको सहकार्यलाई विशेष महत्वका साथ…
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियाद तथा रेड सी तटीय क्षेत्रमा रहेका ऊर्जा केन्द्रहरूमा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणपछि रियाद अन्तर्राष्ट्रिय विमानस्थल नजिक इन्धन ट्याङ्कीमा आगलागी भएको र केही समय उडान सेवा प्रभावित भएको बताइएको छ। सुरक्षा सतर्कतास्वरूप बासिन्दालाई घरभित्र बस्न चेतावनी दिइएको…
इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झण्डा बोकेको तेलवाहक जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार जहाजले अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेपछि कारबाही गरिएको हो । यद्यपि, उक्त दाबी स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । इरानले अनुमति बिना जलडमरूमध्य पार गर्ने अन्य जहाजमाथि पनि कारबाही…
![]()