Monday 5th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका कारण जनजीवन प्रभावित भएको छ भने सरकारले लाखौं नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। अधिकारीहरूका अनुसार ६ वटा प्रान्तका १९ लाखभन्दा बढी मानिसलाई स्थानान्तरण वा सुरक्षित स्थानमा बस्न आदेश…

Image

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा छापा मारेर अलेमा खान, डा. उज्मा खान र नोरीन खानलाई नियन्त्रणमा लिइएको हो। पार्टीका नेताहरूले उनीहरूलाई कोट लखपत जेल, लाहोर पठाइएको बताएका छन्। साथै, पक्राउ परेका बालबालिकालाई भने पछि रिहा…

Image

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज, डर र परिवारको प्रतिक्रियाका कारण अधिकांश पीडितले घटना सार्वजनिक गर्दैनन्। प्रतिवेदनमा अधिकांश अपराधी अपरिचित नभई परिचित व्यक्ति हुने उल्लेख गरिएको छ। उनीहरूले अनलाइन गेम, सामाजिक सञ्जाल, उपहार, पैसा वा प्रेमको…

Image

काठमाडौं — नेपाल र साउदी अरबबीच हवाई यातायात सेवा प्रवर्द्धन तथा विस्तार गर्ने उद्देश्यले सोमबार काठमाडौंमा द्विपक्षीय सम्झौता भएको छ। सम्झौताले दुई देशबीच सुरक्षित, व्यवस्थित र प्रभावकारी हवाई यातायात सञ्चालनका लागि आवश्यक आधार तयार गर्ने अपेक्षा गरिएको छ। सम्झौतामा साउदी अरबको जनरल अथोरिटी अफ सिभिल एभिएसन (गाका) का हवाई यातायात…

Image

तेहरान — इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाले इरानमाथि पुनः हमला गरेमा यसअघि युद्धमा प्रयोग नगरिएका नयाँ रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ। आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले इरानले यस्ता हतियार निर्माण गर्नुका साथै तिनको क्षमता पनि बढाएको दाबी गर्दै आवश्यक परेको अवस्थामा प्रयोग गरिने बताएका छन्। मोहेबीका…

Image

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। यो दुर्घटना आइतबार दिउँसो करिब ३ बजेतिर भएको बताइएको छ। फोशान ग्वाङ्दोङ प्रान्तमा पर्छ। चीनको सरकारी समाचार संस्था शिन्हुआका अनुसार आगलागी भएपछि तुरुन्तै दमकल, प्रहरी र उद्धारकर्मी घटनास्थलमा…

Image

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार पाकिस्तानी आक्रमण बाट कम्तीमा तीन जनाको मृत्यु भएको छ। यस घटनापछि दुई देशबीचको सम्बन्ध फेरि तनावपूर्ण बन्न सक्ने चिन्ता बढेको छ। पाकिस्तान र अफगानिस्तानबीच यसअघि फेब्रुअरीमा पनि ठूला झडप भएका…

Image

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघ महासभाको सामान्य बहस (General Debate) लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले आफ्नो सम्बोधनमा नेपालका प्राथमिकता, जलवायु परिवर्तन, दिगो…

Image

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री प्राकृतिक विपद् उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषमा हालसम्म करिब १५ अर्ब रुपैयाँ संकलन भएको छ। हाल कोषमा कुल १४ अर्ब ८८ करोड ९० लाख…

Image

उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटीय क्षेत्रबाट दुईवटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। करिब तीन घण्टाको अन्तरमा भएका यी परीक्षणले कोरियाली प्रायद्वीपमा फेरि तनाव बढाएको छ। दक्षिण कोरियाका अनुसार पहिलो मिसाइल करिब ४५० किलोमिटर र दोस्रो ६०० किलोमिटरभन्दा बढी दूरीसम्म उडेको थियो। दुवै मिसाइल जापानको विशेष आर्थिक क्षेत्र…