तितोपाटी - विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । निर्माणाधीन घरमा आगो…
तितोपाटी - चिसोले मुख सुनिएको छ । यो जाडो मौसममा शरीरमा न्यानो कपडा छैन । चिसो सिरेटोमा खाली पैतला हिँड्छन् । हात खुट्टा फुटेर घाउ हुन थालेका छन् । पुरै शरीर कलेटी परेको छ । नाकभरी सिंगान छ । बग्दै जाँदा त्यही सिंगानले घाउ पारेको छ । बेलामा खानु छैन । बस्ने…
तितोपाटी - स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्। औपचारिक कार्यक्रममा भाषण गरेर दिन गुजारिरहेका छन्। सरकारी खर्चमा…
तितोपाटी - चिकित्सा क्षेत्र सुधारको माग गर्दै वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले इलाममा १६औं सत्याग्रह सुरु गर्दैछन्। गत साउन १० मा सरकारसँग भएको सहमति कार्यान्वयनसहित भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न माग गर्दै केसीले बुधबार इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रह सुरु गर्ने तयारी गरेका हुन्। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिले आफ्ना…
तितोपाटी - जाडो बढेपछि धेरै मानिस छालाका विभिन्न समस्याबाट हैरान हुन्छन्। हातखुट्टा फुट्यो, छाला खस्रो भयोजस्ता गुनासा धेरैले गर्छन्। छाला सम्बन्धी समस्याको कारण गर्मीमा भन्दा जाडोमा धेरै मानिस अस्पताल धाउने गर्दछन् । छालालाई बाहिरी वातावरणबाट बचाउने एउटा तह हुन्छ। यो तहको काम पानीलाई छालामै राख्नु र नरम बनाउनु हो। चिसोका कारण छालामा…
तितोपाटी - म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी…
तीतोपाटी डटकम- ९ बर्षकै उमेरमा ब्लड क्यान्सर जस्तो प्राण घातक रोग लागेर अस्पातलमा छटपटाइ रहेकी बालिका गरिमा देबकोटालाई सांगितिक साहित्य यात्रा समुहद्वारा आर्थिक सहयोग गरिएको छ। सांगितिक साहित्य यात्रा समुहका अध्यक्ष तथा चर्चित कार्यक्रम "बुलन्द आवाज"का संचालक राजन नेपालले तितोपाटी डटकम मार्फत भने"सानै उमेरमा ब्लड क्यान्सर जस्तो रोगबाट पीडित गरिमा…
तीतोपाटी डटकम-आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु…
तितोपाटी - पुसका कठ्याङ्ग्रीदो चिसो चौरमा प्लाष्टिकको बोरा ओछ्याएर बसेका छन्, बालबालीका । शिक्षकका लागि प्लष्टिक कुर्सीको बन्दोबस्त देखिन्छ । पर्साको जगरनाथपुर गाउँपालिका- २, लक्ष्मीपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय हो, यो । २०१९ सालमा स्थापित यो विद्यालयको ४ कोठे जीर्ण भवन छ, तर डेस्क-बेन्च छैन । पढाईका लागि कहिलेकाँही एउटा कोठा…
तितोपाटी - पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन्। पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए। बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी…