Friday 16th October 2026

आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने -इरानका राष्ट्रपति


इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले इरानले आफ्नो प्रतिरोध जारी राख्ने चेतावनी दिएका हुन्।

उनको भनाइ अमेरिकी राष्ट्रपति Donald Trump ले “बिनसर्त आत्मसमर्पण नगरेसम्म तेहरानसँग वार्ता नहुने” बताएकाे एक दिनभन्दा कम समयपछि आएको हो।

राज्य टेलिभिजनमार्फत सम्बोधन गर्दै पेजेश्कियानले भने,
“उनीहरूले हाम्रो बिना शर्त आत्मसमर्पणको सपना देखिरहेका छन्, तर त्यो सपना उनीहरूले चिहानमै लैजानुपर्नेछ।”

इरानमा हाल असाधारण राजनीतिक अवस्था रहेको छ। एक साताअघि इरानका सर्वोच्च नेता Ali Khamenei को हत्या भएपछि देशमा अन्तरिम नेतृत्व व्यवस्था लागू गरिएको छ। नयाँ सर्वोच्च नेताको चयन नभएसम्म तीन सदस्यीय नेतृत्व परिषद्ले राज्यको शक्ति सम्हालिरहेको छ।

यस परिषद्मा राष्ट्रपति पेजेश्कियानसँगै न्यायपालिकाका प्रमुख Gholam-Hossein Mohseni-Eje’i र वरिष्ठ धर्मगुरु Alireza Arafi सदस्य रहेका छन्।

इजरायलसँगको बढ्दो सैन्य तनाव र अमेरिकी चेतावनीका बीच इरानको यो अभिव्यक्तिलाई मध्यपूर्वमा युद्ध अझ फैलिन सक्ने संकेतका रूपमा विश्लेषकहरूले हेरेका छन्।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...