Sunday 3rd May 2026

विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको नेतृत्वमा भिम बहादुर केसी


तितोपाटी – विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतको अध्यक्षमा भिम बहादुर केसी चयन भएका छन् । विश्व हिन्दु जागरण अभियान महासंघ कुवेतका संयोजक टिकाराम अाचार्यको सभाध्यक्षतामा शुक्रबार बसेको महासंघ कुवेतको बैठकले सर्व सम्मतिले भिम केसिको अध्यक्षतामा  सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । विश्व हिन्दु महासंघका तत्कालिन संयोजक टिकाराम अाचार्यले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन ।

कुवेतको नेपाली समाजमा लामो समय देखि सामाजिक र मानविय सेवाका कार्यमा लागि परेका केसी जन-जागृति युवा समाज कुवेतका सामाजिक अभियन्ता हुन भने साहित्यको कविता विधामा रूचि राख्ने  केसी हाल जन-जागृति युवा समाज कुवेत लगायत साहित्यिक संघ सँस्थाका मुल समितिसँग अावद्ध छन् । गमिला, शान्त र मिजासिलो स्वभावका धनि केसि सबैसँग सहकार्य गरेर अघि बढ्न माहिर छन् ।

नव गठित कार्य समिति ११ सदस्यीय रहेको छ भने २ जना संरक्षक र ३ जना सल्लाहकार रहेका छन् । महासंघको गठन भए पश्चात लामो समय देखि टिकाराम अाचार्यको संयोजकत्वमा कुवेतमा कृयाशिल रहेको विश्व हिन्दु जागरण अभियानले नेपाली राजदूतावास र कुवेतमा कृयाशिल संघसँस्थाहरू सँग हातेमालो र सहकार्य गर्दै अाएको छ ।

नव गठित कार्य समिति तपसिल बमोजिम रहेको छ ।

संरक्षक समिति

टिकाराम अाचार्य

माधाव शर्मा

मुल समिति 

अध्यक्ष – भिम बहादुर केसी

उपाध्यक्ष – बाबुराम ज्ञावाली

महासचिव – खिम गिरी

सचिव – नेत्र पेमी मगर

कोषाध्यक्ष – राजेन्द्र श्रेष्ठ

सदस्यहरू – गोविन्द प्रसाद न्याैपाने, कमल कुंवर, राजन श्रेष्ठ, गिता गुरूङ, गम बहादुर बि.क. र मिरा बि. पाैडेल

सल्लाहकार समिति

सुमित्रा देवी पाैडेल

शिब घमाल

बिष्णु परियार

यस अघि विश्व हिन्दु जागरण अभियान कुवेतको नामबाट कार्य गर्दै अाएको उक्त सँस्थाले गत शुक्रबारकै निर्णयबाट “विश्व हिन्दु जागरण अभियान महासंघ कुवेत” नाम राखिएको पनि जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका–इरान सम्बन्ध फेरि एक निर्णायक मोडमा पुगेको संकेत देखिएको छ। इरानले पाकिस्तानमार्फत “एक पटक र सधैंका लागि युद्ध अन्त्य गर्ने…

नेपालमा सार्वजनिक संस्थान, बोर्ड, परिषद्, प्रतिष्ठान, विश्वविद्यालय र विभिन्न नियामक निकायहरूको संख्या वर्षौंदेखि बढ्दै गएको छ। अहिले सार्वजनिक बहसको केन्द्रमा…

मिना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक भएको छ । पुस्तकमा शिक्षासँग सम्बन्धित अनुभव, स्मृति र सामाजिक यथार्थलाई समेटिएको छ…

प्रतिकृयाहरू
...