Saturday 3rd October 2026

गण्डकी प्रदेशले फागुन ४ गते स्थापना दिवस मनाउने, यस्तो छ तयारी


तिताेपाटी – गण्डकी प्रदेश सरकारले यही फागुन ४ गते शनिबार स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरबाट पद तथा गोपनियताको सपथग्रहण गरेका थिए ।

सोही दिनको सन्दर्भमा प्रदेश सरकारले स्थापना दिवस भव्यताका साथ मनाउन लागेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए ।

स्थापना दिवस मनाउन गुरुङकै संयोजकत्वमा ६ सदस्सीय समारोह समिति गठन गरिएको छ । समितिमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्यमन्त्री कार्यालयका सचिव लालमणि ओझा, धर्मराज कुइँकेल र दलबहादुर अधिकारी रहेका छन् ।

स्थापना दिवस मनाउन विभिन्न तीन वटा उपसमिति पनि गठन गरिएको छ । जसमा प्रचारप्रसार, मञ्च व्यवस्थापन र कार्य विवरण पुस्तिका प्रकाशन उपसमिति रहेका छन् ।

समारोहमा एक वर्षभरीका कार्यप्रगति विवरण प्रस्तुति, उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिने लगायतका कार्यक्रम रहेका छन् ।

-राताेपाटी


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...