Friday 5th June 2026

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले राजदूत दम्पतिलाइ विदाइ गर्यो


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले कुवेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल र उहाकी धर्मपत्नी रीता हमाललाई हिँजो राजदूतावासमै गएर विदाइ गरेको छ । क्लवले राजदूत र वहाँँकी धर्मपत्निलाई दोसल्ला र मायाको चिनो प्रदान गरि विदाइ गरेको हो । हिँजो २८ जनवरी २०१९ को साँझ क्लवका अध्यक्ष ईन्द्र प्रसाद पोखरेल,  पुर्व अध्यक्ष जय आले, क्लवका संस्थापक बरिष्ट सल्लाहाकार मित्र सिंजाली मगर, सचिव डम्बर प्रसाद रिमाल लगायतका पदाधिकारी सहितको प्रतिनीधि मण्डलले दूतावासमै पुगेर राजदूत दम्पतिलाइ विदाइ गरेको हो ।

क्लवले महामहिम राजदुतले आफ्नो ४ बर्षे कार्यकालमा कुवेतको नेपाली समुदाय र नेपाली दुतावास कुवेतको सम्बन्धलाई सुमधुर बनाउन चाल्नु भएको पहल, नेपाली श्रमिकहरुको हक-हितमा उठान गर्नु भएको आवाज, पीडित महिला कामदारहरुको उद्दारमा पुर्‍याउनु भएको सहयोग, नेपालको पर्यटन प्रबर्धनमा टेवा पुग्ने खालका दिनु भएको योगदान र नेपाल-कुवेत २ देशबीच मैत्रिपूर्ण सम्बन्ध कायम गर्न खेल्नु भएको कुटनैतीक भूमिकाको सराहाना गर्दै वहाँको सुस्वास्थ्य तथा उज्जवल भविष्यको कामना गरेको थियो ।

यसैगरी, राजदूत धर्मपत्नी तथा प्रथम नेपाली महिला रिता हमालले कुवेत आएदेखी नै कुटनैतीक मर्यादा भित्र रहेर बिबिन्न देशका महिलाहरुसँग अन्तर्कृया गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला, संस्कृती, भाषा-भेषभुषा, परम्परा र उत्पादन लगायतका पहिचान झल्कने सामाग्रीहरु पस्किने र बेला बेलामा कार्यक्रमहरु समेत दिंदै आउनु भएको र नेपाली समाजका गतिबिधिहरुमा सहभागीता जनाई सल्लाह सुझाव दिएकोमा क्लवले प्रशंसा गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूतले क्लवले नेपाली समाज कुवेतमा स्थापनादेखी नै निर्वाह गर्दै आएको भूमिकाको चर्चा र प्रशंसा गर्दै आफ्नो ४ बर्षे कार्यकालमा पुरा भएका र कतिपय बाँकी रहेका कुटनैतीक कार्यहरुको बारेमा जानकारी गराउउँदै कुवेतवासी नेपालीहरूमाझ छुट्टिएर गए पनि नेपालमा अाफु कार्यरत रहने सरकारी निकायमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको लागि आफ्नो ढोका हमेशा खुल्ला रहने र क्लव लगायत कुवेतवासी नेपालीहरुबाट प्राप्त माया, ममता र साथ सहयोगलाई हृदयमा सजाएर लैजाने बताएका थिए ।

यसै अवसरमा अल्मुल्ला एक्सचेन्जका बिजनेस डेभलप्मेन्ट रिप्रिजेन्टेटिभ छविराम सुनारले समेत महामहिम राजदुत यज्ञ बहादुर हमाल र राजदुत धर्मपत्नी रिता हमाललाई अलमुल्ला एक्सचेन्ज कुवेतको तर्फबाट दोसल्ल्ला ओढाई मायाको चिनो प्रदान गरी बिदाई गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

डेमोक्र्याटिक रिपब्लिक अफ कंगो (डीआरसी) को पूर्वी क्षेत्रमा विद्रोही समूह एडीएफले गरेको आक्रमणमा ३० भन्दा बढी मानिसको ज्यान गएको छ,…

सरकारले युरोपका देशहरूमा नेपाली श्रमिकलाई व्यवस्थित रूपमा पठाउने प्रक्रिया संस्थागत रूपमा खोल्ने तयारी गरेको छ, ताकि व्यक्तिगत रूपमा जाँदा हुने…

नेपाली महिला फुटबल टोली साफ च्याम्पियनसिपको सेमिफाइनलमै बंगलादेशसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ, जसले उपाधिविहीन यात्रालाई निरन्तरता दिएको छ।…

प्रतिकृयाहरू
...