Wednesday 22nd July 2026

ROSE DAY: कुन रङको गुलाब के को प्रतिक ?


तिताेपाटी-प्रेम दर्साउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । तर यस्ता केही विशेष अवसर हुन्छन् जहाँ प्रेमबारे राम्रै चर्चा हुने गर्छ । हरेक वर्ष फेब्रअरी १४ तारिखमा पर्ने भ्यालेन्टाइन डे आउन अब हप्ता दिन मात्रै बाँकी छ तर यसअघि पनि विभिन्न ‘डे’ मनाइन्छन् । यसै क्रममा आज ‘रोज डे’ परेको छ । यसको अवसरमा हामी तपाईंलाई गुलाबका विभिन्न प्रतिकबारे जानकारी दिन्छौं ।

रातो गुलाबः प्रेम, शान्ति र क्षमताको प्रतिक

भ्यालेन्टाइन डेमा सबैभन्दा धेरै रातो गुलाबको आदान–प्रदान हुन्छ । यसलाई प्रेमको प्रतिकको रुपमा हेरिन्छ । रातो गुलाब प्रेम र मनोभावनाको प्रतिक पनि हो ।

गुलाफी गुलाबः मित्रता र मुटुको धड्कनको प्रतिक

यदि कसैले तपाईंलाई भ्यालेन्टाइन डेमा गुलाफी गुलाब दियो भने तपाईंले बुझ्नुहोस् कि ती व्यक्तिले तपाईंलाई ‘मेरो मुटुको धड्कन तिम्रो लागि बाँचिरहेको छ’ भनिरहेका छन् । गुलाफी गुलाब मित्रता र मुटुको धड्कनको प्रतिक हो । गुलाफी रङको गुलाबले सुन्दरता जनाउँछ र हल्का गुलाफी रङको गुलाबको अर्थ भने सहानुभुती र गाढा गु गुलाफी रङलाई भने कृतज्ञतासँग जोड्ने गरिएको छ ।

पहेँलो गुलाबः मित्रता

पहेँलो गुलाब मित्रताको प्रतिक हो । भ्यालेन्टाइन डेको दिनमा खासै आदानप्रदान नुहुने यो रङको गुलाब फ्रेन्डशिप डेमा भने जमेर प्रयोग गरिन्छ ।

सेतो गुलाबः साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक

सेतो गुलाब साँचो प्रेम र स्वच्छ हृदयको प्रतिक हो । कसैले चोखो मनले माया गरेको छ भने सेतो गुलाब उपहारको रुपमा रोज्छन् । सेतो रङको गुलावको अर्थ भने शुद्धता सरलता र शान्तिसँग जोडिन्छ ।

कालो गुलाबः बिदाईको प्रतिक

कालो गुलाब बिदाईको प्रतिक हो । यो रङको गुलाबले माया मरिसकेको दर्साउँछ ।

– एजेन्सी


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...