Sunday 6th September 2026

सिन्धुलीको फिकलमा जिप दुर्घटना, ५ जनाको मृत्यु


तिताेपाटी– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।

-राताेपाटी

 


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयले Decision No. 1410 of 2026 जारी गर्दै विदेशी नागरिकसम्बन्धी रेसिडेन्सी कानुनको कार्यान्वयन नियमावलीमा महत्वपूर्ण संशोधन गरेको छ।…

दक्षिणी लेबनानमा हिजबुल्लाहले इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रहार गरेपछि इजरायली सेनाले हिजबुल्लाहका सैन्य पूर्वाधारमाथि हवाई तथा स्थल कारबाही…

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले अमेरिकी विमानवाहक युद्धपोत र अमेरिकी नौसेनाको एक डेस्ट्रोयरलाई लक्षित गर्दै धेरैवटा ब्यालेस्टिक मिसाइल…

प्रतिकृयाहरू
...