Wednesday 18th March 2026
Ads
Image

तितोपाटी - बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्। डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात…

Image

तितोपाटी - "प्रहरी मेरो साथी" भन्ने नाराकै बदनाम हुने गरि प्रहरीले गतिविधि गरिरहेको फोटो यतिखेर मिडियामा भाइरल भइरहेको छ । प्रहरीले नियन्त्रणमा लिइसके पछि पनि लात हानिरहेको तस्विरले सिंगो प्रहरी संगठनलाइ वदनाम गराएको छ । सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा प्रदर्शनकारी र…

Image

तितोपाटी - टिकटकमा एउटा भाइरल स्वर सुनिन्छ- ‘हेर न त्यो केटालाई, कस्तो कालो ? कस्तो घीनलाग्दो !’ नारीको जस्तो लाग्ने यो स्वर एक २४ वर्षीय किशोर प्रनेश गौतमको हो । टिकटकमा भाइरल बनेका कमेडियन प्रनेश अहिले प्रहरी हिरासतमा छन् । तर, उनी टिकटकका कारण थुनिएका होइनन्, प्रहरीले उनलाई ‘वीरविक्रम २’ चलचित्रको भिडियो…

Image

तितोपाटी - कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज  कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन । मंचका…

Image

तितोपाटी - उदयपुरकी धनमाया राईले फरक फरक जिल्लाबाट दोहोरो नागरिकता बनाएकी छिन् । पहिले पतिको नामबाट सिन्धुलीमा नागरिकता बनाएकी उनले पछि उदयपुरबाट अविवाहित नागरिकता बनाएकी हुन् । कटारी नगरपालिका–४ का वडाध्यक्ष कृष्णराज दनुवारको सिफारिसमा धनमायाले माइती पक्षबाट अविवाहितको नागरिकता लिएको खुलेको छ । दोहोरो नागरिकता बनाउँदा उनले आफ्नो परिचयसमेत फेरेकी छिन् । दर्वजित राई र…

Image

तितोपाटी - यतिखेर बजारमा लिची छ्यापछ्याप्ती पाइन्छ । यो लिची पाक्ने सिजन पनि हो । कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लिची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भनिन्छ। यो मूलतः चीनबाट आएको फल हो । यो सामान्यतः मैडागास्कर, भारत, बङ्गलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण…

Image

तितोपाटी - सुपुर्दगी कानूनको बिरोधमा हङकङमा लाखाैं मानिसहरूले प्रदर्शन गरेका छन् । हङकङमा रहेका शंकास्पद अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने व्यवस्था विधेयकमा छ । गत आइतबार सेतो पोसाकमा सडकमा उत्रेका लाखौं मानिस घण्टौं लामो प्रदर्शनमा उत्रेका थिए । विरोधका क्रममा प्रहरी र प्रदशर्नकारीबीच हिंसात्मक झडप हुँदा दर्जनौं घाइते भए । मुकुन्डो लगाएका कतिपय प्रदर्शनकारी…

Image

तितोपाटी - सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको शैक्षिक कर्जा कार्यक्रम एक वर्षमै असफल भएको छ । कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण-पत्र धितो राखेर कर्जा प्राप्त गर्न सकिनेमा यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । युवाहरू भने बैंकहरूले शैक्षिक कर्जा उपलब्ध नगराएको पीडा पोखिरहेका…

Image

तितोपाटी -भारतको बिहारमा भीषण गर्मीका कारण ‘चमकी ज्वरो’ले २३ बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर र आसपासका क्षेत्रमा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) र जापानी इन्सेफलाइटिस (जेई)बाट एक साताभित्र उनीहरूको मृत्यु भएको छ । मुजफ्फरपुर, पूर्वी चम्पारण, पश्चिम चम्पारण, शिवहर, सीतामढी र वैशालीमा यो ज्वरोले प्रकोप रूप लिन थालेको छ ।…

Image

तितोपाटी - मालीको डोगोनस्थित आदिवासी समुदायमाथि अज्ञात हतियारधारी समूहले गरेको हमलामा कम्तिमा ९५ जना मारिएको स्थानीय अधिकारीहरुले बताएका छन् । अरु १९ जना हराइरहेको बताइएको छ । सोमबार त्यहाँको सरकारले विज्ञप्ति निकाल्दै अज्ञात समूहले हमला गरेको बताएको छ । आक्रमणमा ठूलो संख्यामा गाउँलेले पालेका जनावरहरु समेत मारिएका छन् । सोमबारको उक्त घटनापछि…