Friday 2nd October 2026

अतिथि कलाकार निशान भट्टराइ भोली बिहान मात्र कुवेत आइपुग्ने


तितोपाटी – कलाकार अक्षयकोष निर्माणार्थ अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतको आयोजनामा पर्सि शुक्रबार सम्पन्न गर्न लागिएको  बृहत् साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकार गायक निशान भट्टराई भोली बिहिबार बिहान ९ बजे कुवेत आइपुग्ने भएका छन्। गायक भट्टराइ एयर अरबियाको उडानबाट आज  कुवेत आइ पुग्नु पर्नेमा नेपालबाट उडान रद्द भएपछि लागेका हुन ।

मंचका अध्यक्ष सोम रसाईलीले तितोपाटी डट कम सँग कुराकानी गर्दै प्राविधिक कारणले पुर्व निर्धारित समयमा कलाकार  कुवेत आउन नसकेपछि कुवेतमा स्वागतार्थ प्रतिक्षारत नेपालीहरूमा पर्न गएको असुविधाप्रति संस्थागत रूपमा क्षमा माग्दै भोली बिहिबार बिहान ९ बजेको एयर अरबियाको उडान नं. ABY125 को उडान मार्फत कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्ने भएकोले अतिथि कलाकारको स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थलमा आइदिनु हुन हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रम भब्यरुपमा हुने भएकोले कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी अन्तर्राष्ट्रिय कलाकार मंच कुवेतका अध्यक्ष सोम रसाईली ले अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण:-

स्थान: ईण्डियन सेन्टरल स्कुल, जिलिप ।
मिति: १४ जुन २०१९ शुक्रबार ।
समय: दिउँसो १२ बजेदेखि ।
आयोजक: अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...