तितोपाटी - अमेरिकाले मध्यपुर्वमा सैनिक दस्ता बढाउन लागेको जनाएको छ । गत महिनादेखि शीतयुद्दको रूपमा बढेको अमेरिका-इरान विवाद विस्तार सेलाउँदै गएको बेला गत हप्ता ओमानको खाडीमा २ वटा तेल ट्यांकरमा बिष्फोट भएपछि सो बिष्फोट इरानले गराएको भन्दै अमेरिकाले मध्यपुर्व क्षेत्रमा अरू एक हजार सैनिक बढाउन लागेको हो । अमेरिकाले ओमानको…
तितोपाटी -हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भइ कर्णाली नदीमा खसेको खबर तितोपाटीलाइ प्राप्त भएको छ । मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लु १ ज ७१६६ नम्बरको जीप दुर्घटना भइ कर्णाली नदीमा खेसपछि वेपत्ता भएको हो ।…
तितोपाटी - साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षदेखि बन्धक जिवन विताइरहेकी नेपाली चेलीको उद्दार गरी नेपाल पठाएको छ । नेपाली दूतावासले बन्धक बनाइएकी चाराली - ४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको हो । हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए। हाइल राजधानी रियादबाट…
तितोपाटी-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । बलिउडमा साधारणतया सेलिब्रिटीले आफ्नो बच्चालाई लञ्च गर्नुअघि कुनै प्रकारको कमी नहोस् भन्ने सोच्छन् । तर यहाँ मामला भिन्न छ । आर्यनको अभिनयअघि मानिसहरुले उनको आवाज सुन्न पाउनेछन् त्यो पनि हलिउडको ठूला प्रोजेक्टमा । वास्तवमा, आर्यन खानले आफ्ना बुवा…
तितोपाटी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई देश निकाला गरिने बताएका छन्। अर्को सातादेखि नै गैरकानूनी रूपमा बसेका लाखाैं आप्रवासीलाई देश निकाला गरिने भन्दै ट्रम्पले ट्वीट गरेका हुन । अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्। मंगलबार बिहान…
तितोपाटी - इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा सुनुवाइकै क्रममा निधन भएको छ। कायरोको एक अदालतमा बेहोस भएर लडेका मोर्सीको हृदयघात भएर मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए। सन् २०१२ मा निर्वाचित भएको एक वर्षपश्चात् इजिप्टको सेनाले…
तितोपाटी - बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल…
तितोपाटी - नेपाल वायुसेवा निगमका सिनियर पाइलट क्याप्टेन विजय लामा पुनः विवादमा मुछिएका छन् । लामाले स्टाटसमा सरकारको काम, कदम र व्यवहारले नेवार समुदायमात्र नभई सम्पुर्ण समुदायलाई आतंकित बनाइरहेको बताउँदै सामाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटसको कारण उनी विवादमा मुछिएका हुन् भने फेसबुकमा सरकारविरुद्ध स्ट्याटस लेखेपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष…
तितोपाटी - अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक…
तितोपाटी - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डले छिटोमा असार १० गते ढिलोमा असार १४ गतेसम्म नतिजा सार्वजनिक गर्नेगरी काम गरिरहेको बताइएको छ । यस वर्ष गत चैत १० गतेबाट शुरु भएको एसइई परीक्षामा नियमिततर्फ चार…
![]()