Wednesday 29th July 2026

अमेरिकाले मध्यपुर्वमा थप सैनिक दस्ता बढाउँदै


तितोपाटी – अमेरिकाले मध्यपुर्वमा सैनिक दस्ता बढाउन लागेको जनाएको छ । गत महिनादेखि शीतयुद्दको रूपमा बढेको अमेरिका-इरान विवाद विस्तार सेलाउँदै गएको बेला गत हप्ता ओमानको खाडीमा २ वटा तेल ट्यांकरमा बिष्फोट भएपछि सो बिष्फोट इरानले गराएको भन्दै अमेरिकाले मध्यपुर्व क्षेत्रमा अरू एक हजार सैनिक बढाउन लागेको हो ।

अमेरिकाले ओमानको खाडीमा गत साता दुईवटा तेल ट्यांकरमा भएको हमलासँग जोडिएका केही स्याटलाइट तस्बिरहरु सार्वजनिक गर्दै सो हमलाको लागि इरानलाई जिम्मेवार भन्दै आरोप लगाएको छ । पेन्टागनबाट सार्वजनिक भएका तस्बिरहरुमा इरानी सैनिक हमलामा परेको जापानी कोकुका करेजियस जहाजबाट विस्फोटक सामग्री हटाउँदै गरेको देखिएका छन् । अर्को तस्बिरमा कोकुका जहाजमा टूलो प्वाल परेको समेत देखिएको बताइन्छ ।

यही शिलशिलामा अमेरिकाले मध्यपूर्वमा एक हजार अतिरिक्त सैनिक तैनाथ गर्ने निर्णय गरेको छ । इरानले पनि अमेरिकाको आरोप गलत भएको बताउँदैआएको छ । इरानी मिडियाका अनुसार दुई जहाजमाथि अलग अलग समयमा तीन पटक आक्रमण भएको थियो । इरानी नौसेनाले नै ४४ जना ‘क्रू मेम्बर’लाई बचाएका थिए । जब कि, अमेरिकाले आफ्ना सेनाले क्रू मेम्बरलाई बचाएको जिकिर गरेको छ ।

अमेरिकाले औपचारिक रुपमै आफ्ना अतिरिक्त सेना तैनाथ गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडिया जनाउँछन् । अमेरिकाका कार्यवाहक रक्षामन्त्री पेट्रिक सेनहनले सोमबार यस्तो जानकारी दिएका हुन् ।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...