Tuesday 8th September 2026

बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु


तितोपाटी – बझाङमा हिँजो सोमबार यात्रुबाहक जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । चैनपुर नजिकै डुङ्ग्रीबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको स १ ज १०७२ नम्बरको बलेरो जिप बझाङ्को मस्टा गाउँपालिकास्थित डौठी भन्ने स्थानमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ठाडो उकालोमा रहेको घुम्तीमा गाडी घुमाउनलाई ठाउँ नपुगेपछि ब्याक गर्न खोज्दा गाडी भीरमा खसेको बुझिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरूमा  मस्टा–१ कोटदेवलका कलकबहादुर खड्का, उनकी श्रीमती जुनधारा र छोरा सरोज खड्का छन् । यस्तै, सोही गाउँका नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्धाल र लक्ष्मी द्धालको पनि ज्यान गएको छ । दुर्घटनामा जिप चालक सुरेन्द्र थापाको पनि मृत्यु भएको छ । एक जना मृतकको भने पहिचान खुलेको छैन । डीएसपी सूर्यबहादुर केसीका अनुसार १० जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा कम्तिमा कम्तीमा ५ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते गणेश खड्का, अनिता बोहरा र गोकुल शाहीलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको छ । अर्का घाइते नेपाली सेनाका जवान जनक द्धाल र संगीता खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

“दुर्घटनास्थल विकट ठाउँमा भएर उद्दार गर्न कठिन भएपछि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा गएको थियो। हावाहुरीसहित पानी परिरहेको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएपछि स्थानीय बासिन्दाको सहयोगमा सामान्य बाटो खनेर केही सुरक्षाकर्मी र स्थानीय घटनास्थलसम्म पुगेर घाइतेहरूको उद्धार गरेका थिए भने जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरेको थियो ।

 


सम्बन्धित शीर्षकहरु

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

प्रतिकृयाहरू
...