Friday 30th October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी…

Image

कुवेतमा नेपाली समुदायको सामाजिक तथा खेलकुद इतिहास बोकेको पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, कुवेत ले आफ्नो १०औँ ऐतिहासिक महाधिवेशन आयोजना गर्ने भएको छ। डिसेम्बर १९९९ मा स्थापना भएको क्लबले आफ्नो विधानअनुसार १०औँ महाधिवेशन गर्न लागेको हो। क्लबले महाधिवेशनमार्फत संस्थालाई थप व्यवस्थित, सक्रिय र प्रभावकारी बनाउँदै नयाँ नेतृत्वसहित फरक ढंगले…

Image

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

Image

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…

Image

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…

Image

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतको नेतृत्वमा राहत सहयोग संकलन समिति गठन गरिएको छ। कुवेतमा रहेका नेपाली संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको सहभागितामा सम्पन्न बैठकले प्राकृतिक विपद्मा परी ज्यान…

Image

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। बाढीपछि पहिरोले बनाएको अस्थायी ताल फुट्न सक्ने जोखिम बढेपछि चीनले प्रभावित क्षेत्रमा…

Image

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय…

Image

विराटनगर।नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले बीमा सर्भेयरहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सर्भेयरहरूको वर्तमान अवस्था, कार्यसम्पादन, व्यावहारिक समस्या, क्षमता विकास तथा पेशागत चुनौतीका विविध विषयमा छलफल गरिएको थियो। कार्यक्रममा नेपाल सर्भेयर एसोसिएसन (NISA), कोशी प्रदेशका अध्यक्ष ललित कुमार कायस्थलगायत प्रतिनिधिहरूले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका…

Image

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनका लागि निःशुल्क टेलिफोन, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ। प्रभावित ग्राहकले प्रतिदिन २ जीबी डाटा, ५० वटा एसएमएस र अनलिमिटेड भ्वाइस सेवा पाउनेछन्। बाढीका कारण रसुवा र नुवाकोटमा गरी ७ वटा टेलिकम टावरमा क्षति पुगेको प्रारम्भिक…