Tuesday 27th October 2026

इन्डोनेसियाको ज्वालामुखी विस्फोटबाट डेढ लाखभन्दा बढी यात्रु प्रभावित


इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् भने ७१२ उडान रद्द वा प्रभावित भएका छन्।

ज्वालामुखीबाट निस्किएको खरानी ५० हजार फिटसम्म पुगेपछि जकार्तासहित विभिन्न क्षेत्रका विमानस्थल बन्द गरिएका हुन्। सिंगापुर, दोहा, सिड्नी र क्वालालम्पुर जाने तथा आउने उडानहरूमा समेत असर परेको छ।

अधिकारीहरूले हाल सुनामीको जोखिम नरहेको बताएका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई घरभित्र बस्न र मास्क प्रयोग गर्न आग्रह गरिएको छ। खरानीका कारण केही विद्यालय बन्द गरिएका छन् भने स्थानीय बासिन्दाले आँखा पोल्ने र सास फेर्न समस्या भएको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...