Tuesday 27th October 2026

संयुक्त राष्ट्रसंघद्वारा बालविवाह अन्त्यका लागि नोभेम्बर २७ लाइ अन्तर्राष्ट्रिय दिवस घोषणा


संयुक्त राष्ट्रसंघ (यूएन) महासभाले हरेक वर्ष नोभेम्बर २७ लाई बालविवाह अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस का रूपमा मनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

यो प्रस्तावको नेतृत्व सिएरा लियोनले गरेको थियो भने नेपाल, भारतसहित ६६ भन्दा बढी देशले समर्थन गरेका थिए।

विश्वभर हाल पनि करोडौं महिला तथा बालिकाहरू बालविवाहको शिकार भइरहेका छन्। यूएनले यो दिवसको माध्यमबाट बालविवाहका हानिकारक प्रभावबारे जनचेतना फैलाउने, कानुनी व्यवस्था बलियो बनाउने र सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघले विश्वभरका सरकार, नागरिक समाज र विभिन्न संस्थाहरूलाई बालविवाह रोक्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्न समेत आह्वान गरेको छ। नेपालका लागि पनि यो पहल महत्वपूर्ण मानिएको छ, किनकि नेपालले सन् २०३० सम्म बालविवाहमुक्त राष्ट्र बनाउने लक्ष्य राखेको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...