Saturday 3rd October 2026

अमेरिका–इरान तनाव बढ्दै: तेल ट्यांकरमाथि हमला, सैन्य गतिविधि तीब्र


अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी सेनाले इरानसँग सम्बन्धित तीनवटा तेल ट्यांकरलाई निशाना बनाएको जनाएको छ। अमेरिकी पक्षले यो कदम आफ्ना युद्धपोतहरूमाथि भएको मिसाइल आक्रमणको जवाफस्वरूप चालिएको बताएको छ। 

अमेरिकी सेनाका अनुसार इरानले एक अमेरिकी विमानवाहक युद्धपोत र एक विध्वंसक जहाजतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। अमेरिकी पक्षले भने आफ्ना जहाजहरू सुरक्षित रहेको र त्यसपछि सम्बन्धित लक्ष्यहरूमाथि कारबाही गरिएको जनाएको छ। 

यस घटनापछि मध्यपूर्व क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। कूटनीतिक समाधान खोज्ने प्रयास जारी रहे पनि दुवै देशबीचको अविश्वासले क्षेत्रीय स्थिरतामाथि दबाब बढाएको विश्लेषकहरू बताउँछन्।

यसैबीच, अमेरिकी अधिकारीहरूले इरानमाथि आर्थिक तथा सामरिक दबाब कायम राख्ने संकेत दिएका छन्। केही रिपोर्टहरूमा अमेरिकाले इरानको तेल कारोबार र क्षेत्रीय गतिविधिलाई नियन्त्रणमा राख्ने रणनीति अघि बढाइरहेको उल्लेख गरिएको छ। 

विश्लेषकहरूको भनाइमा, यदि दुवै पक्षबीच तनाव थप बढ्यो भने यसले विश्व ऊर्जा बजार, समुद्री व्यापार तथा मध्यपूर्वको सुरक्षा अवस्थामाथि व्यापक प्रभाव पार्न सक्छ। हाल भने परिस्थितिलाई नजिकबाट निगरानी गरिँदै आएको छ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...