Saturday 3rd October 2026

इरान–अमेरिका तनाव उत्कर्षमा, होर्मुजमा नयाँ सैन्य गतिविधि


अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार ती ट्यांकरहरू IRGC लाई आर्थिक सहयोग पुर्‍याउने सञ्जालको हिस्सा थिए। इरानले भने अमेरिकी कारबाहीलाई अवैध र आक्रामक भन्दै कडा शब्दमा निन्दा गरेको छ।

त्यस लगत्तै इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफ ले इरानमाथि हुने कुनै पनि नयाँ आक्रमणको जवाफ अझ छिटो, कडा र पीडादायी हुने चेतावनी दिएका छन्।

यसैबीच, इरानी रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा अमेरिका सम्बद्ध तीन जहाज र तीन तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ। यो घटना अमेरिकी सेनाले इरानी आक्रमणको प्रतिशोधस्वरूप तीन इरानी तेल ट्यांकर नष्ट गरेको बताएको केही समयपछि भएको हो।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...