Tuesday 27th October 2026

इरान–अमेरिका तनाव उत्कर्षमा, होर्मुजमा नयाँ सैन्य गतिविधि


अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि आक्रमण गरी ध्वस्त पारेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार ती ट्यांकरहरू IRGC लाई आर्थिक सहयोग पुर्‍याउने सञ्जालको हिस्सा थिए। इरानले भने अमेरिकी कारबाहीलाई अवैध र आक्रामक भन्दै कडा शब्दमा निन्दा गरेको छ।

त्यस लगत्तै इरानका संसद सभामुख मोहम्मद बाघेर गालिबाफ ले इरानमाथि हुने कुनै पनि नयाँ आक्रमणको जवाफ अझ छिटो, कडा र पीडादायी हुने चेतावनी दिएका छन्।

यसैबीच, इरानी रिभोलुसनरी गार्ड (IRGC) ले होर्मुज जलडमरूमध्यमा अमेरिका सम्बद्ध तीन जहाज र तीन तेल ट्यांकरमाथि आक्रमण गरेको दाबी गरेको छ। यो घटना अमेरिकी सेनाले इरानी आक्रमणको प्रतिशोधस्वरूप तीन इरानी तेल ट्यांकर नष्ट गरेको बताएको केही समयपछि भएको हो।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...