Saturday 3rd October 2026

युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी कूटनीतिक पहल तीव्र, किभमा उच्चस्तरीय वार्ता


अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी किभ पुगेका छन्। उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली प्रतिनिधिहरूसँग युद्ध अन्त्यका सम्भावित उपायबारे छलफल गरेका छन्।

वार्तापछि अमेरिकी पक्षले शान्तिपूर्ण समाधानप्रति आशावादी रहेको जनाएको छ। यस बीच, कूटनीतिक पहललाई सहयोग पुर्‍याउन रूस र युक्रेनले आफ्ना राजधानीहरूमा ७२ घण्टे अस्थायी युद्धविराम लागू गरेका छन्। यद्यपि राजधानी बाहिरका क्षेत्रमा रूसी आक्रमण जारी रहेको युक्रेनले जनाएको छ।

जेलेन्स्कीले न्यायपूर्ण शान्ति र भविष्यमा रूसी आक्रमण दोहोरिन नदिने व्यवस्था आवश्यक रहेको बताएका छन्।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...