अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका लागि एक” अभियान अन्तर्गत समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी पूर्ण रूपमा प्रभावित ५५ घरपरिवारलाई राहत सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई २५ केजी चामल, २ केजी नुन, २ केजी…
राज मल्ल - नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध सन् १९७२ मा स्थापना भएको हो। त्यसको करिब दुई दशकपछि, सन् १९९५ बाट नेपाली कामदारहरू कुवेत आउन थाले। त्यसपछिको वर्ष, सन् १९९८ देखि घरेलु कामदारको रूपमा नेपाली महिलाहरू पनि आउन थालेका थिए। श्रम स्वीकृतिको औपचारिक प्रक्रिया भने सन् २००० बाट सुरु भयो।…
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बद्री पक्षले आफ्नो पदस्थापनको पहिलो त्रैमासिकमै प्रचारमुखी गतिविधिभन्दा प्रभावकारी र श्रमिकमैत्री कार्यक्रमहरू सञ्चालनमा जोड दिएको छ। कार्यकालको सुरुवाती चरणमै वास्तविक प्रवासी नेपालीहरूको आवश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ व्यावहारिक कामलाई प्राथमिकता दिएको समूहले जनाएको छ। त्यसैअनुसार, एनआरएनए राष्ट्रिय समन्वय परिषद्, कुवेतले भिभा क्लिनिक (VIVA…
तितोपाटी- बिगत दुई दिन देखि निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार, देशभर ज्यान गुमाउनेको संख्या ४९ पुगेको हो । यो विवरण दिउँसो साढे १ बजेसम्म संकलन गरिएको प्रहरीले जनाएको छ । जसमध्ये सबैभन्दा कोशी प्रदेशका जिल्लाहरूमा ज्यान…
तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो । उक्त अवधिमा यातायात व्यवसायी…
तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ । प्राधिकरणले असोज…
नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन…
तितोपाटी- नेपाली क्रिकेटका चर्चित सन्दिप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाए अनुशार टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेको छ । सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि…
दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको टी-२० सिरिज नेपालले जितेको छ। तीन खेलको सिरिज नेपालले २–१ ले जितेको हो। सुरुका दुई खेलमा लगातार विजयी भएर सिरिज कब्जा गरेको नेपाल फाइनलमा भने वेस्ट इन्डिजसँग १० विकेटले पराजित भयो। पसयुक्त अरब इमिरेट्स (यूएई)को शारजाह क्रिकेट मैदानमा भएको फाइनलको सुरुमा ब्याटिङ गरेको नेपालले…
आश्विन शुक्ल नवमीका दिन आज दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ। मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र…
![]()