Friday 2nd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

लिथुआनियाको आकाशमा प्रवेश गरेको एक ड्रोनलाई NATO का लडाकु विमानहरूले खसालेका छन्। अधिकारीहरूका अनुसार यो पहिलो पटक हो जब लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोनलाई यसरी खसालिएको हो। प्रारम्भिक जानकारी अनुसार ड्रोन बेलारुसतर्फबाट आएको हुन सक्ने र त्यसमा विस्फोटक पदार्थ रहेको आशंका गरिएको छ। ड्रोन करिब ३० मिनेटसम्म लिथुआनियाको आकाशमा…

Image

मलेसियाले नेपालका २५ वटा म्यानपावर कम्पनीलाई मात्र एफडब्लूसीएमएस प्रणालीमार्फत श्रमिक पठाउने अनुमति दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकारले यसलाई प्रतिस्पर्धा सीमित गर्ने र श्रम सम्झौताविपरीत हुने भन्दै अस्वीकार गरेको छ। सरकारले सूचीकृत २५ कम्पनी र तिनसँग आबद्ध २५० सहयोगी कम्पनीमाथि छानबिन थालेको छ भने नयाँ पूर्वस्वीकृति प्रक्रिया पनि रोकिएको…

Image

अमेरिकाले पहिलो पटक आफूले अन्तरिक्ष (स्पेस) मा हतियार तैनाथ गरेको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार यी हतियारहरू अमेरिका र उसका सहयोगी देशहरूलाई सम्भावित आक्रमणबाट जोगाउन राखिएका हुन्। अमेरिकाले चीन र रुसबाट अन्तरिक्ष क्षेत्रमा बढ्दो चुनौती सामना गरिरहेको बताएको छ। स्पेस फोर्सका अधिकारीहरूले चीनले अन्तरिक्षमा प्रयोग…

Image

रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमध्ये २६९ पुरुष, ३२९ महिला तथा ९ जनाको पहिचान खुल्न बाँकी छ। बेपत्ता विदेशीमध्ये सबैभन्दा बढी १८९ भारतीय नागरिक छन्। त्यसबाहेक अमेरिका (६५), मलेसिया (५५), युक्रेन (५४), चीन (३७), अष्ट्रेलिया (३३), लाटभिया (३३),…

Image

भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक सरकारी अध्ययनले देखाएको छ। बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाहरू प्रभावित भएका छन्। हालसम्म १ हजार ३८८…

Image

मध्यपूर्वमा अमेरिका, इरान, साउदी अरब र हुथी विद्रोहीबीच तनाव थप बढेको छ। अमेरिकी सेनाको CENTCOM ले पनामा झण्डावाहक तेल ट्यांकर El Gaia समुद्री सुरुङ (माइन) मा नठोक्किएको दाबी गर्दै उक्त जहाज इरानी मिसाइल र ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको जनाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्ताका लागि तयार रहेको दाबी गरेका…

Image

यमनका हुथी विद्रोहीहरूले मिसाइल र ड्रोनमार्फत गरेको आक्रमणमा साउदी अरबको दक्षिणी क्षेत्रमा १३ जना सर्वसाधारण घाइते भएका छन्। आक्रमण Khamis Mushait, Abha र Taif सहरमा भएको बताइएको छ। यसबाट केही घर र सवारीसाधनमा पनि क्षति पुगेको छ। घटनापछि साउदी अरेबियाले कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ। साउदी नेतृत्वको गठबन्धनले देशको…

Image

कुवेतका बैंकहरूले विदेशी कामदारलाई ऋण दिने नियम कडा बनाएका छन्। रोजगारी गुम्न सक्ने जोखिम र कुवेतीकरण नीतिका कारण बैंकहरू अहिले ऋण स्वीकृतिमा बढी सतर्क भएका हुन्। अब बैंकहरूले सबै विदेशीलाई सजिलै ऋण नदिई जागिरको स्थिरता, तलब र सेवाको अवधि हेरेर मात्र ऋण दिनेछन्। डाक्टर, इन्जिनियर, स्वास्थ्यकर्मी, आईटी तथा एआई क्षेत्रमा…

Image

कुवेतमा कृयाशिल संस्था नेपाल कुवेत सरोकार समाजको पहलमा भोटेकोशी बाढी पीडितलाई सहयोग गर्ने उद्देश्यले “NKSS Concert 2026” आयोजना हुने भएको छ। नेपाल कुवेत सरोकार समाज (NKSS) द्वारा आयोजित उक्त सांगीतिक कार्यक्रम आगामी १८ डिसेम्बर २०२६ (शुक्रबार) कुवेतको जलिबस्थित एस्पायर इन्डियन स्कुल (Aspire Indian School, Jleeb) को सभा हलमा आयोजना गरिनेछ।…

Image

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब २४ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। यो क्षेत्र विगतमा द्वन्द्व, विद्रोह र हिंसाबाट प्रभावित थियो। अहिलेको चुनावलाई यस क्षेत्रलाइ स्वशासन स्थापना गर्ने र शान्ति प्रक्रियालाई मजबुत…