Friday 2nd October 2026
तीतोपाटी डट कमको लेखहरु
Image

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेका छन्। उनका अनुसार दिनमा बढीमा २–४ घण्टा मात्र आराम गरेर उद्धार अभियानमा निरन्तर खटिनुपरेको छ। शरीरमा घाउ र बिबिरा आएका छन्, लेदोका कारण खुट्टामा समेत चोट…

Image

यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी विद्रोहीसँग भएको एक महिनाको भीषण संघर्षमा ५०० भन्दा बढी सरकारी सैनिक मारिएका छन् भने करिब १,५०० जना घाइते भएका छन्। सरकारी पक्षका अनुसार अगस्त ९ देखि सेप्टेम्बर १० सम्म चलेको लडाइँमा हुथी समूहका १,००० भन्दा बढी लडाकु मारिएका र हजारौं घाइते भएका दाबी गरिएको छ।…

Image

नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगन्जमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। संस्थापन पक्षले तय गरेको महाधिवेशन प्रक्रियामा सहभागी हुन नसकिने निष्कर्ष निकाल्दै इतर समूहले वैकल्पिक रूपमा अघि बढ्ने जनाएको छ। समूहले आफूहरू पदका लागि नभई…

Image

गत भदौ १० गते नेपाल-चीन सीमाक्षेत्रमा हिमताल तथा पहिरो खस्दा आएको भीषण बाढीले देशका विभिन्न क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण गाउँहरू, सडक, पुल र जलविद्युत् आयोजना तहसनहस भएका छन्। नेपाल सरकारले बाढीपछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणका लागि करिब ४.७८ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ।…

Image

नेपाली चलचित्र‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ २०२७ मा हुने ९९औँ ओस्कार अवार्डको सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय चलचित्र विधाका लागि नेपालको आधिकारिक प्रतिनिधि चलचित्र चयन भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले चलचित्रको कथा, प्राविधिक पक्ष, कलात्मक गुणस्तर र भावनात्मक प्रभावको मूल्याङ्कन गरेर यो निर्णय गरेको हो। छनोटका लागि‘गाैंथली’ र‘तिनीहरू’ गरी दुई…

Image

एशियाका प्रमुख देशहरू चीन, ताइवान, दक्षिण कोरिया, जापान र भारत एआई (कृत्रिम बुद्धिमत्ता) तथा चिप उत्पादनमा अग्रता लिन प्रतिस्पर्धा गरिरहेका छन्। एआई प्रविधिको प्रयोग बढ्दै जाँदा शक्तिशाली चिपहरूको माग पनि तीव्र रूपमा बढेको छ। ताइवान चिप उत्पादनमा अगाडि छ भने चीन आत्मनिर्भर बन्न ठूलो लगानी गरिरहेको छ। दक्षिण कोरिया मेमोरी…

Image

नयाँ दिल्ली: भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रहरूले विश्व शान्ति, आर्थिक सहयोग र अन्तर्राष्ट्रिय व्यापारलाई मजबुत बनाउने विषयमा विशेष जोड दिएका छन्। सम्मेलनपछि जारी ‘नयाँ दिल्ली घोषणापत्र’मा विश्वका विभिन्न क्षेत्रमा बढिरहेका द्वन्द्व र तनावलाई वार्ता तथा कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। शान्तिका लागि…

Image

युक्रेन र पोल्यान्डको सीमाना नजिक याहोडिन क्षेत्रमा रूसी ड्रोनले रेलको इन्जिनमा आक्रमण गरेको छ। आक्रमणमा कुनै मानवीय क्षति नभएको र सबै यात्रुलाई समयमै सुरक्षित स्थानमा सारिएको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमण हुनुअघि पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन लगायत युरोपेली अधिकारीहरू चढेको विशेष कूटनीतिक रेल त्यहाँबाट निस्केर पोल्यान्ड प्रवेश गरिसकेको थियो।…

Image

गरिबको घरमात्र देख्नेहरूलाई भनिदेऊ, खोलाको धारमाथि बनेका महल पनि हेरिदेऊ। सरकारी जमिन ओगटेर बसेका बस्तीलाई, नियमको ऐना देखाई सत्यको मुख हेरिदेऊ। हिजोको घाउ देखाएर आजलाई दोष दिनेहरू, आफ्नै इतिहासको पाना पल्टाई हेरिदेऊ। बाढीले बगाएको घरको पीडा बुझ्नैपर्छ, राहत लिएर पुगेका ती हात पनि हेरिदेऊ। कमजोरी भेटिए प्रश्न गर, औँला पनि…

Image

जय आले, १३ सेप्टेम्बर २०२६, कुवेत - कुवेतमा पुर्वेली टाईगर फुटबल क्लव कुवेतको आयोजनामा आगामी २० नोभेम्बर २०२६, शुक्रबार “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर–नेपाली फुटबल टुर्नामेन्ट २०२६” आयोजना हुने भएको छ। लामो समयदेखि कुवेतमा फुटबल प्रतियोगिता आयोजना नभएको अवस्थामा क्लवले यसपटक गोल्ड कप आयोजना गर्ने निर्णय गरेको हो। जसबाट…