Saturday 14th November 2026

यमनको राष्ट्रपति भवनमा हुथी मिसाइल आक्रमण, दुई सुरक्षाकर्मीको मृत्यु


यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।

अधिकारीहरूका अनुसार अल-माशिक राष्ट्रपति भवनमा पाँचवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। आक्रमणका बेला प्रधानमन्त्री शाया जिन्दानी र अन्य मन्त्रीहरू भने सुरक्षित रहेका छन्।

हुथी समूहले अदेनमा रहेको साउदी सैन्य सञ्चालन केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ। प्रधानमन्त्री जिन्दानीले आक्रमणको निन्दा गर्दै हुथीविरुद्ध सरकारी कारबाही जारी रहने बताएका छन्।

सन् २०१४ देखि जारी यमनको गृहयुद्ध पछिल्ला महिनाहरूमा फेरि चर्किएको छ। साउदी अरब नेतृत्वको गठबन्धनले यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई समर्थन गर्दै आएको छ।


सम्बन्धित शीर्षकहरु

हाम्रो सौर्यमण्डल स्थिर छैन। यो आकाशगङ्गा (मिल्की वे) को केन्द्र वरिपरि प्रतिघण्टा ८ लाख किलोमिटरभन्दा बढीको अविश्वसनीय गतिमा यात्रा गरिरहेको…

कुवेतमा रहेका नेपाली समुदायबीच खेलकुद, भाइचारा र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित पूर्वेली टाइगर फुटबल क्लब, नेपाल–कुवेत को आयोजनामा “प्रथम…

७५३ वटै पालिकाबाट जग्गा प्रशासन सेवा : नागरिकलाई सहजता, तर सम्पत्तिको कानुनी सुरक्षामा प्रश्न काठमाडौँ । सरकारले आगामी एक महिनाभित्र…

प्रतिकृयाहरू
...