सानो छँदा देखेथेँ ठुलै सपना केही गर्छु भनेर बा-आमाको दुख पिडा जति सबै हर्छु भनेर ।। बढ्दै गएँ पढ्दै गएँ अनि सफल भए पछि खोजेँ रोजगार परिवारमा खुसी छर्छु भनेर ।। राम्रो भन्दा पनि हाम्रोले अवसर पाउँछ भनि भन्न सकिन उनकै पार्टीको र नाता पर्छु भनेर ।। सोचेको थिइनँ नातावाद…
चन्द्र बिश्वकर्मा, तितोपाटी - मुस्लिम समुदायको रमजान अर्थात् एकमहिने व्रत रोजा आज बाट सकिएको छ । ईद पर्व १४३९ कुवेत लगायत अन्य गल्फ राष्ट्रमा भोलि मनाउने भएको छ । ईद इस्लाम धर्मावलम्बीहरूको महान् पर्व हो । यसलाई ईद उल फित्र पनि भनिन्छ । यो पर्व इस्लामिक मुलुकहरू लगायत नेपाल, भारत…
एक साता अघि पोखराको सराङकोटमा मृत भेटिएकी महिलाको हालसम्म सनाखत हुन सकेको छैन । कास्की प्रहरीका अनुसार जेठ २३ गते दिउसो पोखरा लेखनाथ महानगरपालिका बडा नं १८ सराङकोट स्थित देउराली घुम्तिको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा फेला परेको महिलाको शबको पहिचान खुल्न नसकेको हो । अन्दाजी २५/३० बर्षकी महिलाको एक…
आफ्नै श्रीमतीसँग इच्छाबेगर जबर्जस्ती यौनसम्पर्क राखेको आरोपमा एकजना पुरुषले तीन वर्षको जेल सजाय पाएका छन् । घटना नेपालको हो । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ…
अर्घाखाँची जिल्लाको छत्रदेवमा जन्मीएका एक युवा । आफ्नो व्यवसाय सँगसँगै विभिन्न सामाजिक काममा सक्रिय व्यक्तीत्व । आफ्नो छुट्टै पहिचान बनाउँन सफल । एक सफल व्यवसायीसँग उहाँको व्यक्तिगत जिवन सहित समसामाहिक विषयमा हिन्दुखबर डटकमका सम्पादक घनश्याम पौडेलले गरेको कुराकानीको अंश १. तपाईको परिचय दिनुहोस न ? – सर्वप्रथम सम्पुर्ण सामाजिक सञ्जाल…
भारतको जम्मू–कश्मीर राज्यको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार तथा राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीमाथि गोली हानी हत्या भएको छ । आफ्नो कार्यालयबाट निस्कँदै गर्दा बुखारीमाथि गोली प्रहार भएको इन्डिया टुडेले जनाएको छ । चार जनाको समूहमा रहेको आतंकवादीले बुखारी चढेको गाडीमाथि अन्धनधुन्ध गोली प्रहार गरेका थिए । बुखारीसँगै उनको गाडीमा रहेका…
विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएकाे फ्रीकिकलाई गाेलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५-० काे जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको…
तितोपाटी - वैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन । मेनपावर व्यवसायीसंग घुस लिंदैगर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।
ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको टोलीले १२० लिटर घरेलु मदिरा नष्ट गरेको छ। हरिवन नगरपालिका अन्तर्गत विभिन्न क्षेत्रबाट बरामद् गरिएको घरेलु मदिरा प्रहरीले बिहीबार बिहान नष्ट गरेको हो। अवैघ रुपमा घरेलु मदिरा बनाएर बेचविखन कार्य नियन्त्रणका लागि अभियान नै चलाइएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।…
राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे झैटी देउराली ८ घर भई सीतापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी ३ निवासीे २९ वर्षीय कमल गुरुङ रहेका छन्। थापा राधे समूहको गुण्डा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।…