Monday 20th May 2024

युएइमा अगष्ट १ देखि ३ महिने अाममाफी


तितोपाटी – युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ ।

गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन् र स्वेच्छाले स्वदेश फर्किन चाहनेका लागि कुनै शुल्क र जरिवाना नलाग्ने युएईले जनाएको छ ।

आममाफी सम्बन्धी सर्वजनिक चासो सुनुवाइका लागि टोल फ्रि नम्बर राखिने र त्यही नम्बरमा फोन गरेर यसको प्रक्रियाका बारेमा बुझ्न सकिने गल्फ न्युजले जनाएको छ ।

आमामाफीको समय आउने अगष्ट १ देखि सुरु हुनेछ । ‘प्रोटेक्ट योरसेल्फ, भिसा रेक्टिफाइङ योर स्ट्याटस’ कार्यक्रम चाँडै ल्याउने पनि युएईले जनाएको छ ।

युएईको मन्त्रीपरिषदका निणर्यलाई कार्यान्वयन गर्दै युएईले गैरकानुनी रुपमा रहेका विदेशी नागरिकका लागि आममाफीको अवसर ल्याएको हो । गएको हप्ता युएईको मन्त्री परिषदले श्रम नियममा भएको सुधारलाई अनुमोदन गरेको थियो ।

जस अन्तर्गत युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउने, स्वेच्छले स्वदेश फर्किन चाहेमा युएईले ‘नो इन्ट्री छाप’ बिनै स्वदेश फर्कने अवसर दिने, ४८ घण्टासम्मको ट्रान्जिट भिसामा शुल्क नलाग्ने कुरा समावेश थिए ।

यसअघि युएईले गरैकानुनी रुपमा बस्ने विदेशी नागरिकलाई सन् २०१३ मा पनि दुई महिनाको आममाफी दिएको थियो । दुई महिनाको अवधिमा झण्डै ६२ हजार जनाले फाइदा लिएको गल्फ न्युजले उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । उनीसँगै विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको पनि ज्यान गएको छ ।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफको समिकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै आइपिएलको प्लेअफको समीकरण पुरा भएको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् । प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत…

प्रतिकृयाहरू
...