Tuesday 16th April 2024

याैन क्षमता बृद्धि गर्न अनारको जुस फलदायी


तितोपाटी – धेरै मानिसहरु आफ्नो पार्टनरको यौन व्यवहारबाट सन्तुष्ट हुँदैनन् । कसैमा शारीरिक समस्या हुन्छ त कसैमा मानसिक समस्या । लिंगको उत्तेजना नहुनेदेखि लिएर यौनइच्छा नै नहुने जस्ता कुराले यौन व्यवहारमा निकै ठूलो प्रभाव पारिरहेको हुन्छ ।

यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार समस्याको समाधान गर्न सकिन्छ । त्यसको साथसाथै प्राकृतिक तवरबाट पनि यसको उपचार गर्न सकिन्छ । यौन व्यवहार सम्बन्धी समस्या बढाउन घरवरिपरि भेटिने फलफुलले समाधान गरिदिन्छ ।

सेक्स पावर बढाउन तथा सेक्सको चाहना बढाउन पनिको लागि अनारको जुस सेवन गर्न सकिन्छ । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म सेवन गरेमा यौन व्यवहार निकै मजबुत हुने एक अध्ययनले देखाएको छ ।

१५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा निकै मजबुत हुने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको हो । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए । सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहुँ एक गिलास अनारको जुस खुवाएका थिए ।

१५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जब टेस्टोस्टेरोन हार्मोन बढ्यो , कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

चित्रमा पञ्चाङ्ग =========== भाग: १०५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/१२/१४ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद…

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका…

भियतनामको अदालतले बैंक ठगी मुद्दामा एक ६७ वर्षीया महिलालाइ मृत्यदण्डको फैसला सुनाएको छ । ट्रुङ मी लान नाम गरेकी ति…

प्रतिकृयाहरू
...