Thursday 24th September 2026

याैन क्षमता बृद्धि गर्न अनारको जुस फलदायी


तितोपाटी – धेरै मानिसहरु आफ्नो पार्टनरको यौन व्यवहारबाट सन्तुष्ट हुँदैनन् । कसैमा शारीरिक समस्या हुन्छ त कसैमा मानसिक समस्या । लिंगको उत्तेजना नहुनेदेखि लिएर यौनइच्छा नै नहुने जस्ता कुराले यौन व्यवहारमा निकै ठूलो प्रभाव पारिरहेको हुन्छ ।

यस्तो अवस्थामा चिकित्सकको सल्लाह अनुसार समस्याको समाधान गर्न सकिन्छ । त्यसको साथसाथै प्राकृतिक तवरबाट पनि यसको उपचार गर्न सकिन्छ । यौन व्यवहार सम्बन्धी समस्या बढाउन घरवरिपरि भेटिने फलफुलले समाधान गरिदिन्छ ।

सेक्स पावर बढाउन तथा सेक्सको चाहना बढाउन पनिको लागि अनारको जुस सेवन गर्न सकिन्छ । दिनको १ गिलासका दरले अनारको जुस १५ दिन सम्म सेवन गरेमा यौन व्यवहार निकै मजबुत हुने एक अध्ययनले देखाएको छ ।

१५ दिनसम्म अनारको जुस खाने व्यक्तिको यौनच्छा निकै मजबुत हुने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको हो । एडिनवर्गराज्यको क्वीन मारग्रेट विश्वविद्यालयका अनुसन्धानकर्ताले सेक्सपावर बढाउने बिषयमा गरेको अनुसन्धान गरेका थिए । सो क्रममा कमजोर भनिएका केही पुरुष तथा महिलालाई राखी १५ दिन सम्म दिनहुँ एक गिलास अनारको जुस खुवाएका थिए ।

१५ दिन खाएको जुसले उनीहरुमा टेस्टोस्टेरोन हार्मेनका स्तर निकै बढ्यो । जब टेस्टोस्टेरोन हार्मोन बढ्यो , कमजोर ठानिएका पुरुष तथा महिलाहरुले एकाएक उत्कृष्ठ ढंगले यौनव्यवहार देखाउन थाले । विश्वविद्यालयका अनुसार यो अनुसन्धानमा २१ देखी ६४ वर्षका पुरुष र महिलामा गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...